चैत्र २४ - एक्लै वा मोर्चाबन्दी गरेर भए पनि संविधानसभामा दुई तिहाइ बहुमत ल्याउने दाबी एमाले नेताहरूले गरेका छन् । उनीहरूले कम्तीमा दुई तिहाइ सिट सुरक्षाका लागि एजेन्डा मिल्ने दलहरूसँग सहकार्य र मोर्चाबन्दी गरेर जाने नीति सार्वजनिक गरेका हुन् ।
चुनाव केन्द्रित बृहत् कार्यकर्ता भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै एमाले नेताहरूले एमाओवादी ठूलो शक्तिका रूपमा उदाएकै कारण संविधान नबनेकाले अब त्यस्तो अवस्था आउन नदिन सचेत रहन निर्देशन दिए । 'एमाओवादी पहिलो शक्ति भएकाले संविधान बन्न सकेन, अब पनि त्यस्तो स्थिति आउन दिन हुँदैन,' अध्यक्ष झलनाथ खनालले भने, 'हामीले अब साथी खोजेर भए पनि मोर्चाबन्दी गर्नुपर्छ र ठूलो पार्टीसहित एमालेसहितको मोर्चाले दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।' एमाओवादीको सर्वसत्तावादी शैलीको अन्त्य गर्ने अवसरका रूपमा चुनाव आएको उल्लेख गर्दै उनले सबै कार्यकर्ताले त्यसलाई सदुपयोग गर्नुपर्ने धारणा राखे । नेताहरूले आन्तरिक एकता नभएको अवस्थामा पार्टी रणनीति कमजोर हुने भएकाले गुटबन्दी छोडेर एकताबद्घ हुन निर्देशन दिए । विगतको चुनावमा कमजोरीहरूको मूल्यांकन हुन नसक्दा अपि्रय परिणाम आएका उल्लेख गर्दै उनीहरूले यस पटक विपक्षीका रणनीति बुझेर चुनावमा लाग्न आग्रह गरे ।
वरिष्ठ नेता माधवकुमार नेपाल एमाले एक्लैको ताकतमा पनि जित्ने गरी तयारी गर्न कार्यकर्तासूग आग्रह गरे । 'पार्टी सम्पूर्ण पंक्तिलाई क्रियाशील गराउनुपर्छ र एक्लैले पनि चुनाव जित्नुपर्छ,' उनले भने, 'चुनावको मैदानमा आफ्ना ताकतका साथ जानुपर्छ, कुनै स्थानीय ठाउूमा आवश्यक पर्यो भने तालमेल पनि गर्नुपर्छ ।' असारको चुनाव टरेर कात्तिक/मंसिरमा हुने देखिए पनि तयारी नरोक्न उनले आग्रह गरे । 'आफ्ना कमजोरीहरूको मूल्यांकन गर्दै विपक्षीको रणनीति बुझेर जानुपर्छ,' उनले भने, 'पार्टी नेतृत्व मात्र होइन, निर्वाचन क्षेत्रसम्म सबै एकताबद्घ हुनुपर्छ ।'
उपाध्यक्ष वामदेव गौतमले पनि एक्लै चुनाव जित्न नसक्ने अवस्थामा साथी आवश्यक पर्ने भएकाले विचार मिल्नेहरूसूग एकता गर्न कार्यकर्ताहरूसूग आग्रह गरे । 'अबको चनावमा एमालेसहितको चुनावी मोर्चाले दुई तिहाइ मत ल्याउनुपर्छ,' उनले भने ।
महासचिव ईश्वर पोखरेलले राजनीति अघि बढिसकेको सन्दर्भमा सबैले चुनावलाई प्रयोग गरेर जानुपर्ने बताए । प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार बनाउने प्रक्रिया असहमत उनले विगतका असहमतिलाई समीक्षाको विषय बनाउूदै नयाँ परिस्थितिअनुसार अघि बढ्ने बताए । 'नयाँ अध्यायलाई ठीक ढंगबाट अघि बढाउनुपर्छ र एमाले एकताबद्घ भएर मात्र चुनाव जित्न सकिन्छ,' उनले भने । आन्तरिक एकता मजबुत बनाउन संस्थागत निर्णयमा चल्न सबै तयार हुनुपर्ने उनको धारणा थियो ।
सचिव युवराज ज्ञवाली, पोलिटब्युरो सदस्य अष्टलक्ष्मी शाक्य लगायतले नीति सिद्धान्त ठीक भएको पार्टी एमाले मात्र भएकाले त्यसलाई राम्ररी जनतासूग बुझाएर चुनावमा उत्कृष्ट हुनुपर्ने बताए । उपत्यका विशेष समन्वय कमिटीले चुनावी मैदानमा जान पहिलो पटक कार्यकर्ता भेला गरेको हो । उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठले भेलापछि आठ महिनासम्म 'जनतासूग एमाले' कार्यक्रम लिएर घर- घरमा जाने जानकारी दिए ।