BREAKING NEWS

अपराधमा युवपुस्ता

चैत्र २० - खुट्टामा छिर्की लगाएर लडाउन खोजेको भन्दै केही समयअघि छुरी हानेर १९ वर्षीय आयुष श्रेष्ठको हत्या गर्ने ५ जना समातिएका छन् । समातिएकामध्ये ३ जना प्लस टु पढ्नेको उमेर १६ वर्षमात्र छ । लुटपाट गरी दम्पती हत्या गरेको अभियोगमा प्रहरीले १८ वर्षीय टकबहादुर खड्कालाई पक्रेको छ । उनले आफ्नै नातेदार पर्ने रामेछापका नेत्रबहादुर खड्का र उनकी श्रीमती कल्पना खड्काको क्षेत्रपाटीमा हत्या गरी उनीहरूसँग भएको गरगहना लुटेर लगेका थिए ।

पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश पुरुषोत्तम भण्डारीको घरबाट एलसीडी टीभी चोरी गरेर लैजाने १७ वर्षीय किशोर छन् । सडकमा हिँडिरहेकी अनुपा श्रेष्ठलाई मोटरसाइकलमा आएर दुईजनाले लुटपाट गरे । त्यसरी लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गर्दा तिनीहरू १७ र १८ वर्षका थिए । स्वयम्भूको सुनचाँदी पसलमा लुटपाट अभियोगमा समातिएका दुई किशोर पनि १७ र १८ कै छन् । यी आधा दर्जन उदाहरणले पछिल्लो समयमा किशोर उमेरमै अपराधतर्फ उन्मुख हुने गरेको देखाउूछ ।

प्रहरी अनुसन्धानले 'किशोरहरूमा देखासिकी गर्ने र पैसा चाँडै कमाउने मोह बढेको' देखाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका कार्यवाहक प्रमुख एसपी प्रद्युम्न कार्कीका अनुसार आपराधिक गतिविधिमा लाग्ने मुख्य कारण अभिभावकले राम्रो ध्यान दिन नसक्नु हो । महाशाखाका अनुसार अघिल्ला दुई आर्थिक वर्षमा १६ देखि २६ वर्ष उमेर समूहका व्यक्तिहरू ३० वटा हत्या घटनामा संलग्न थिए । हत्याबाहेकका चोरी र लुटपाटका घटनामा समेत यही उमेरकाको संलग्नता पाइएको थियो । १७ देखि २५ वर्ष उमेर समूहका युवाहरू यस्ता अपराधमा संलग्न भएको एसपी कार्की बताउूछन् ।

उनका अनुसार बुवा- आमा दुवै काममा व्यस्त भएर ध्यान दिन नसक्दा उनीहरू गलत बाटोमा लाग्छन् । 'बुवा- आमाले छोरा- छोरीलाई साथीको जस्तो व्यवहार गरेर उनीहरूको कुरा सुनिदिनुपर्छ,' उनले भने, 'धेरै समय उनीहरूसूग बिताउनसके मात्र गलत बाटोमा जाने सम्भावना कम हुन्छ ।' पारिवारिक वातावरण राम्रो नहुँदा किशोरहरू गलत बाटोमा लाग्ने सम्भावना बढी हुन्छ । 'बुवा- आमा नै बिहान बेलुका जाँड खाएर हल्ला गर्दा बच्चाको हुर्काइमा असर पार्छ,' कार्की भन्छन्, 'जोस, छिट्टै सफल र धनी हुने लालचले पनि कलिलालाई अपराधमा डोर्‍याएको छ ।'

किशोर- किशोरी सबैभन्दा शक्तिशाली आपै+mलाई ठान्ने गर्छन् । 'त्यस्तो बेला र सोचाइलाई सही ठाउूमा प्रयोग गर्न सिकाउने जिम्मेवारी अभिभावकको हो,' कार्की भन्छन्, 'त्यसपछि ती किशोरहरू पढ्ने कलेज र स्कुलमा जिम्मेवार हुन्छन् ।' किशोरावस्थामा बदला र आक्रोश पनि उत्तिकै हुने प्रहरी बताउँछ । उनीहरू भित्रको जोस, आवेग र आक्रोशलाई नियन्त्रण गर्ने वा उनीहरूलाई सम्झाएर सही र गलतको बाटो देखाउनुपर्ने हुन्छ ।

कार्कीको बुझाइमा अभिभावकले छोरा- छोरीलाई पढ्न पढाउूदा कलेजको जिम्मामा पठाएका हुन्छन् । तर क्याम्पसले विद्यार्थी आएको छ/छैन अभिभावकलाई जानकारी गराउूदैनन् । कार्कीका अनुसार अधिकांश विद्यार्थी क्याम्पस र स्कुल 'बंक' गरेर डान्स, डिस्को र फिल्म हल जाने गरेका छन् ।

गलत साथीको संगतले पनि किशोरहरूलाई आपराधिक घटनातर्फ उन्मुख गराउूछ । संगतिका कारण धेरै पैसा खर्च गर्ने, लागूऔषध प्रयोग गर्नेजस्ता गतिविधिमा संलग्न भएपछि खर्चका लागि अपराध गर्ने गरेको पाइएको छ । 'उनीहरूको त्यही अभाव र आवश्यकता पूरा गर्ने चाहनालाई अपराधीले प्रयोग गर्छन्,' कार्कीले भने, 'सानातिना अपराध गरेको व्यक्ति ठूलो अपराधी भएर निस्कन्छ ।'

आपराधिक समूहले त्यस्ता किशोरलाई आफ्नो समूहमा ल्याएर अपराध गर्न उक्साउने गरेको प्रहरी बताउूछ । संगठित अपराध गर्ने समूहका नाइकेले त्यस्ता किशोरलाई आफ्नो समूहमा सामेल गराएर उपयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । कम उमेरका किशोरलाई अपराध गर्नबाट जोगाउने मुख्य जिम्मेवारी अभिभावककै भएको प्रहरीको भनाइ छ । 'परिवारमा कस्तो वातावरण छ, अनुशासन र संस्कारले नै राम्रो र नराम्रो छुट्याउन सिकाउूछ,' एसपी कार्कीले भने ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes