BREAKING NEWS

के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?

यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes