BREAKING NEWS

भारतमा नेपाली परिवारले गरिवीका कारण आत्मदाह गरे

काठमाडौं, चैत २२ - भारतको गुजरात राज्यको राजकोटमा बस्दै आएको एक को छ ।

राजकोट नगर निगमको कार्यालय अगाडी वुधवार आत्मदाह गरेका ५ जना मध्ये ३ जनाको ज्यान गएको भारतीय अनलाइन हिन्दुस्थान टाइम्स डट कमले जनाएको छ । अरु २ जना गम्भीर घाइते भएका छन् ।

ज्यान गुमाउनेमा ४० वर्षिय भरतमान सिंह उहाँकी श्रीमति ३५ वर्षिया आशा र भाइ ३५ वर्षिय गिरिस छन् । ज्यान गुमाउने तीनै जनाको शरिर झण्डै ९० प्रतिशत जलेको थियो ।

यस्तै ६० वर्षिय बासुमति मानसिंह र ३२ वर्षिय रेखाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो परिवारको नेपाली घर कहाँ थियो र उनीहरु कतिवर्ष अघिदेखि राजकोटमा बस्दै आएका थिए भन्ने खुलेको छैन ।

उनीहरु बस्दै आएको छाप्रो नगर निगम, स्थानीयबासिन्दा र स्थानीय राजनीतिक दलको मिलेमतोमा भत्काए पछि उनीहरुले आत्मदाह गरेका हुन् ।


नगर निगमले शहरी विकासको योजना अनुसार छाप्रा हटाउने क्रममा उनीहरु बस्दै आएको छाप्रा पनि भत्काईएको थियो ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes