BREAKING NEWS

त्रिवि शिक्षण अस्पताललाई साढे तीन करोडको उपकरण प्रदान

चैत २२- थप गर्त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य सेवासुविधा नका लागि अमेरिकाको डेनभर कोलोराडोको एक परियोजनाले रु साढे तीन करोडबराबरको उपकरण प्रदान गर्ने भएको छ। कोलोराडोको कम्युनिकेसन अफ अर्जेन्ट रिलिफ र इक्विपमेन्ट नामक परियोजनाले अस्पतालका लागि आवश्यक उपकरण प्रदान गर्ने घोषणा गरेको हो।

रोटरी क्लब अफ कान्तिपुर, लाजिम्पाटले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा कोलोराडोको कम्युनिकेसन अफ अर्जेन्ट रिलिफ र इक्विपमेन्ट नामक परियोजनाले अस्पतालका लागि आवश्यक उपकरण प्रदान गर्ने घोषणा गरेको हो। ती सामग्रीमा ससाना रुमाल, सिरिन्जदेखि लिएर ठुल्ठूला सिटिक्यान मेसिन, इन्डोस्कोपी मेसिन र नेपालमै प्रयोग नभएका डिजिटल प्रविधिलगायत छन्।
पूर्वसभामुख तारानाथ रानाभाटले आफूमार्फत् प्राप्त भएको सो स्वास्थ्य सामग्री आज त्रिवि शिक्षण अस्पताललाई दिने निर्णय गरेका हुन्। सो अवसरमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा भगवान कोइरालाले विकसित देशले प्रयोग गर्दैआएका अत्याधुनिक स्वास्थ्य सामाग्री नेपालमा पनि प्रयोग गर्न सकिने र त्यो नेपाली जनताको पहुँचमा हुने विश्वास व्यक्त गरे।
सो परियोजनाका अपरेसन म्यानेजर माइकल फ्रेले अस्पतालका लागि के के स्वास्थ्य सामग्रीको आवश्यकता छ भनी बुझ्नका लागि नेपाल आएका छन्। अस्पताललाई चाहिने आवश्यक सामग्रीको सूची लिएर गएपछि स्वास्थ्य सामग्री नेपालमा पठाइदिने र मेसिन बिग्रेमा बनाइदिने समेत परियोजनाले जनाएको छ।
रोटरी क्लब अफ कान्तिपुर, लाजिम्पाटका अध्यक्ष ध्रुव थापाले सो परियोजनामार्फत नेपाली जनताले थप स्वास्थ्य सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गरे। रासस

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes