BREAKING NEWS

सडकमा ग्यासको सिलिण्डरमा आगो सल्कियो

२२ चैत, नेपालगञ्ज । नेपालगन्जको ईदगाहबाट त्रिभुवनचोक जाने बाटोको एक चिया पसलले प्रयोग गर्दै गरेको एलपी ग्यासको सिलिण्डरमा एक्कासी आगो सल्किएको छ ।

कमजोर र गुणण्स्तरहीन रेगुलेटर प्रयोग गरी दुईतिरको चुलोमा ग्यास प्रयोग गर्दा सिलिण्डरमा आगो सल्केको हो । ग्यासको सिलिण्डरमा आगो लागेपछि झण्डै आधाघण्टा बाटो अवरुद्ध भएको थियो ।

सिलिण्डरमा लागेको आगो आधाघण्टापछि बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes