BREAKING NEWS

असार १ गते देखि दुई रङको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने सरकारी तयारी

असार १ गते देखि दुई रङको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने सरकारी तयारी

बजारमा चर्को मात्रामा ग्यास अभाव भई उपभोक्ताहरू भोकभोकै बस्नुपर्ने अवस्था, बजारमा चरम कालोबजारी, ग्यास बजार अपारदर्शी र अस्तव्यस्त बनेपछि आयल निगमले गत वर्षको बैशाखबाट उपभोक्ता कार्ड वितरण सुरु गरेको थियो । उपभोक्ता कार्ड वितरण गर्ने र त्यसपछि घरायसी प्रयोजनका लागि रातो सिलिण्डर र व्यवसायिक प्रयोजनका लागि निलो सिलिण्डर प्रयोगमा ल्याउने सरकारी तयारी थियो । सोहीअनुसार नेपाल ग्यास विक्रेता महासंघले राजधानीलगायत मुलुकभर कार्ड वितरणको काम गयो, यो एक वर्षको समयमा । तर अहिले पनि कार्ड वितरणको काम सकिएको छैन । त्यस्तै सरकारले दुई रङ्का सिलिण्डर ल्याउन ग्यास उद्योगीहरूलाई निर्देशन दिएको पनि धेरै महिना बितिसक्यो । तर ग्यास उद्योगहिरूले सरकारको निर्देशनलाई टेरपुच्छर लगाएका छैनन् । एकाध कम्पनीबाहेक अधिकांशले दुई रङ्का सिलिण्डर प्रयोगमा ल्याएका छैनन् । यद्यपि सरकारले आगामी असार १ गतेबाट दुई रङ्को सिलिण्डर प्रयोगमा ल्याउने तयारी गरिरहेको छ । ग्यास उद्योगीहरूले भने आफूहरूको माग पूरा नभएसम्म दुई रङ्का सिलिण्डर नबनाउने अडान राखेका छन् । जसका कारण दुई रङ्का सिलिण्डरको प्रयोग अझै पनि अन्यौलमै छ । अहिलेसम्म तीन लाख उपभोक्ताले ग्यास कार्ड भरेको र दुई लाख २१ हजार ग्यास कार्ड इन्ट्री गरेर उपभोक्ताको हातमा फकाईसकेको नेपाल आयल निगमले जनाएको छ । अन्य कार्ड पनि इन्ट्री गर्ने काम भइरहेकोे र असार १ बाट दुई रङ्का सिलिण्डर लागू गरिने निगमको भनाइ छ ।
यता ग्यास उद्योगीहरूले भने आफूहरूको माग पूरा नभएसम्म दुई रङ्का सिलिण्डर उत्पादन नगर्ने भन्दै सरकारी अधिकारीकै अगाडि धम्की दिदै आएका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अधयक्षसमेत रहेका शिवप्रसाद घिमिरेले सबै तयारी गरेर परिपक्क निर्णय भए र आफूहरूको माग पूरा भए एक सातामै दुई रङका सिलिण्डर उत्पादन गरिने दाबी गरे ।
अहिलेसम्म १० लाख उपभोक्ता ग्यास कार्ड वितरण गरिसकेको नेपाल ग्यास विक्रेता महासंघको भनाइ छ । महासंघले आफ्नो तर्फबाट ग्यास कार्ड वितरण मुलुकभर भइरहेको र आफूहरू अन्तिम चरणमा रहेको पनि स्पष्ट पारेको छ तर सरकारकै कारण दुई रङ्का सिलिण्डर प्रयोगमा आउन ढिला भएको उनको जिकिर छ । करिब दुई महिना अगाडि सरकारले दुई रङ्का सिलिण्डर प्रयोगमा ल्याउने भन्दै ग्यासको दोहोरो मूल्यसमेत तोकेको थियो तर उपभोक्ता तथा व्यवसायीको विरोधका कारण सरकार आफ्नो निर्णयबाट केही घन्टामै पछि हट्न बाध्य भएको थियो । ग्यासको दोहोरो मूल्य अहिलेको आवश्यकता हो । घरायसी र व्यवसायिक मूल्य निर्धारण भए त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले नै प्राप्त गर्नेछन् । तर सरकार आवश्यक तयारी नगरी निर्णय लि“दा पटक–पटक निर्णयबाट पछाडि हट्नुपरेको छ । असार १ गतेबाट दुई रङ्का सिलिण्डर प्रयोगमा ल्याउने निर्णय पनि अपरिपक्क नहोस् । त्यसका लागि अहिलेबाटै तयारी तीव्र पार्नुपर्छ । त्यसैले सबै उपभोक्ताले ग्यास कार्ड भरे÷नभरेको स्पष्ट हुनुपर्छ

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes