धनकुटा - एकीकृत नेकपा माओवादीका पुर्वाञ्चल ब्युरो प्रमुख गिरीराजमणी पोख्रेलले ठूला राजनितिक दलहरुको सहमतिमा पूर्व मुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिको लागि सिफारिस गरिएको बताएका छन्।
सोमबार धनकुटामा पत्रकार भेटघाट गर्दै पुर्वाञ्चल ब्युरो प्रमुख पोखरेलले जनआन्दोलन दवाउने योजनाकारको रुपमा औल्याइका कार्कीलाई अख्तियार प्रमुख बनाइनुमा एमाओवादी सहितका दलको सहमति रहेको बताए।
संविधान सभाको चुनावी माहोलको प्रचारको क्रममा धनकुटा आइपुगेका एमाओवादीका नेता पोखरेलले आन्दोलरत विपक्षी दलहरुको माग पूरा गरेर निर्वाचनको माहोल बनाउनुपर्ने बताएका छन्। रेग्मीको नेतृत्वमा गठन भएको चुनावी सरकारले अहिलेसम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु निरङकुशताको संकेत भएको बताउँदै नेता पोखरेलले यदी त्यसो भए सबैभन्दा पहिले ४ दलले आन्दोलन सुरु गर्ने बताए।