BREAKING NEWS

नामावली सङ्कलनमा गएको टोलीलाई अवरोध

(बैतडी) १६- नेकपा-माओवादीले आज पनि बैतडीको गाँजरी र देउलेकमा फोटोसहितको मतदाता नामावली सङ्कलनमा गएको टोलीलाई अवरोध पुर्‍याएको छ। अघिल्लो दिन बैतडीकै पाटन र सिलङ्गामा गएको निर्वाचन कार्यालयको टोलीलाई सदरमुकाम फिर्ता पठाएलगत्तै देउलेक र गाँजरीमा अवरोध पुर्‍याइएको हो।

जिल्ला निर्वाचन कार्यालयबाट देउलेक गाविसमा खटिएको भरत विकको टोलीलाई माओवादी कार्यकर्ताहरूले अवरोध सिर्जना गरेर ल्यापटपसमेत केही घण्टा नियन्त्रणमा राखेका थिए।
टोलीसँगै खटिएका एक दर्जनभन्दा बढीको प्रहरी टोलीसँग ३५/४० जनाको समूहमा आएका माओवादी कार्यकर्तासँग केहीबेर सामान्य झडपसमेत भएको स्थानीय दीपक भट्टले बताए। जिल्ला निर्वाचन कार्यालय प्रमुख जितेन्द्र विकले देउलेक घटनापछि माओवादी कार्यकर्तासँग वार्ता भइरहेको र ल्यापटप भने फिर्ता लिइएको जानकारी दिए। रासस

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes