BREAKING NEWS

एसीसी यु-१९ एलिट कप क्रिकेट लागि टोली छनोट

चैंत १७ - एसीसी यु-१९ एलिट कप क्रिकेट प्रतियोगिताको लागि  नेपाल क्रिकेट संघले पहिलो चरणको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाउने भएको छ। मलेसियामा मे १ देखि हुने प्रतियोगिताको बन्द प्रशिक्षणमा विराटनगर (क्षेत्र १) बाट अमित दाहाल, कालिचरण यादव, मायानन्द चौधरी, सुमन श्रेष्ठ, वीरगन्ज (क्षेत्र २)का अभिनास कर्ण, रामनरेश गिरी, सुरज कुमार कुर्मी, अमित श्रेष्ठ, इर्साद अहमद, काठमाडौं(क्षेत्र ३)का प्रकाश विष्ट 'ए' , प्रकाश विष्ट 'बी', शरद खड्का, बिवश थापा, पवन श्रेष्ठ, भैरहवा (क्षेत्र ४) बाट सबिन शाक्य, निर्मल थापा, प्रकाश केसी, विवेक चौधरी र सुशान्त भारी परेका छन्।
यसैगरी नेपालगन्ज (क्षेत्र ५) का अमरसिंह रटौंला, इमादिन हलवाई, बैतडी (क्षेत्र ६) का भुवन कार्की, प्रेम तामाङ, अर्जुन चापागाई, यज्ञमणी कुमाल, जनकपुर (क्षेत्र ७) बाट समिर नेपाल, अविशेख झा, राहुलप्रताप सिंह, हरि शंकर साह, पोखरा (क्षेत्र ८) बाट निश्चल पाण्डे, अनिल गुरुङ र धु्रव कार्की परेका छन्।
एसीसी एलिट कपमा सफल टोलीको पहिचान बनाएको नेपालले उपाधिमा ह्याटि्रक गरिसकेको छ। नेपालले २००३, २००५ र २००७ मा लगातार उपाधि जितेको थियो।
अफगानिस्तान र हङकङले १/१ पटक उपाधी हात पारेका छन्। प्रतियोगिताको साविक विजेता अफगानिस्तान हो।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes