BREAKING NEWS

अर्थतन्त्र दुखलाग्दो अवस्थामा

चैत १७ - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैधले पटक-पटकको आंशिक बजेटले मुलुकको अर्थतन्त्र दुखलाग्दो अवस्थामा पुगेको बताउँदै विवाद नहुने भएकाले चुनावी सरकारलाई पूर्ण बजेट ल्याउन आग्रह गरेका छन्। उनले पूर्ण बजेट ल्याएर मुलुकमा धरासायी बनेको अर्थतन्त्रलाई उकास्न चुनावी सरकारसँग आग्रह गरे।


‘मुलुकको अर्थतन्त्र दुखलाग्दो अवस्थामा छ,' शुक्रबार विराटनगरमा टोयटा गाडीको सर्भिसिङ सेन्टर ग्लोवल अटो प्वाइन्ट उद्घाटन गर्दै उद्योगी-व्यवसायीका नेता वैधले भने,‘आशिंक बजेटले अर्थतन्त्र झन् आरालो लाग्यो, अब पूर्ण बजेट नै आउनुपर्छ।' पछिल्लो समयमा मुलुकको अर्थतन्त्र झन धरासायी भएको बताउँदै उनले खस्किएको अर्थतन्त्रलाई मजबुत बनाउन पूर्ण बजेट नै निर्विकल्प भएको धारणा व्यक्त गरे। ‘राजनीतिक दलहरुले बजेटमा पनि राजनीति गरे,' उनले भने,‘आशिंक बजेट नल्याउन भन्दाभन्दै मानेनन् , चुनावी सरकारले पूर्ण बजेट ल्याउँदा खासै विवाद हुँदैन।'
चुनावी सरकारसँग उद्योगी-व्यवसायी आशावादी रहेको उनको भनाई छ। ‘अझै पनि आशिंक बजेट ल्याइयो भने अर्थतन्त्र झन् बर्बादी तर्फ जानेछ,' उनले भने,‘पूर्ण बजेटमा सबैको आश छ।' वैधले राजनीतिक होइन विकासका लागि केन्द्रीत बजेट आयो भने देशले राहतको महसुस गर्ने बताए। उनले मंसिरसम्म चुनावी सरकार रहने हो भने पूर्ण वजेट ल्याउन सम्भव रहेको धारणा राखे।
वैद्यले पूर्व क्षेत्रमा उर्जा संकट समाधानका लागि महासंघले राजनीतिक दलहरुसँग प्रतिवद्धता चाहेको बताए। ‘महासंघको साधारणसभामा प्रमुख र साना दलका नेताहरुलाई बोलाएर उर्जा संकट समाधानका लागि प्रतिवद्धता माग्नेछौ,' उनले भने,‘त्यसपछि उर्जा संकट समाधानको विकल्पको खोजी हुनेछ।'

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes