BREAKING NEWS

जन्म दिने आमाले छोरीलाई जबर्जस्ती टुहुरा र बेवारिसे बनाउनदै

चैत्र १७ - प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माले प्रभावका आधारमा बालमन्दिर पठाइएकी बालिकालाई उनकै आमाको जिम्मा लगाउने बताएका छन् ।

स्माइल नेपाल नामक संस्थाको उजुरीमा शर्माले बालिकालाई एक चिलियन महिलाको रेखदेखबाट छुटाएर दुई महिनाअघि बालमन्दिर पठाएका थिए । बालिकालाई जन्म दिने आमा स्वयम्ले आफ्नी छोरीलाई जबर्जस्ती टुहुरा र बेवारिसे बनाउन खोजिएको भन् फिर्ता पाउन निवेदन दिए पनि शर्माले वास्ता गरेका थिएनन् ।

सात वर्षअघि साउदी अरबमा घरेलु कामदारका रुपमा गएकी पश्चिम नेपालकी एक महिला त्यहीं घरमालिकद्धारा बलात्कृत भइन र गर्भ बोकिन । नेपाल आएर 'टार्नै नसकिने स्वास्थ्य खतरा' उत्पन्न भएपछि बालिकालाई जन्म दिइन । नेपालमा उनलाई सहयोग पुर्‍याउने चिलियन महिलालाई नै बालिका जिम्मा दिएर उनी गाउू फर्किन ।

'मैले बालिकाको आमाबाट परेका निवदेन बालमन्दिरबाट मगाएको छु । आइतबार सम्बन्धित आमासूग कुरा गरेर उनले आधार देखाएपछि बालिका फिर्ता गछौर्ं,' शर्माले कान्तिपुरसूग भने ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes