चैत्र १७ - समस्या परेर घर आउन खोजेका मलेसियामा भएपछि आश्रति परिवार समस्यमा परेका छन् । परिवारले उनको मृत्युलाई 'शंकास्पद' दाबी गरेको छ ।
मलेसियाको जोवार, सिरियालाममा कार्यरत पिपलाडी- ९, कंचनपुरका ३६ वर्षीय रामदत्त पन्त डेड महिनाअघि 'झुण्डिएको अवस्थामा' मृत फेला परेका थिए । उनी मलेसियामा १७ महिनाअघि लेबरको रुपमा काम गर्न गएका थिए ।
परिवारले कामदार कार्यरत कम्पनीमा उनको र कम्पनीबीच समस्या भएकोले मृत्यु शंकास्पदको आरोप लगाएको छन् । मलेसियास्थित कान्तिपुर संवाददाताका अनुसार कम्पनी, प्रहरी, अस्पतालको रिपोर्टमा 'ह्यांगिङ' उल्लेख छ । रिपोर्टमा कसैले हत्या गरेको उल्लेख छैन ।
'दाईलाई तलव र काम दिलाई दिने नभए फकाउने भनेर सहमती भयो तर काम भएन' नवराजलाई भने, 'उता कंपनीमा समस्या थियो, त्यही भएर दाईको मृत्यु हामीलाई संकास्पद लागेको छ ।' मृतकका भाई नवराजले मलेयियामा कंपनीले काम र तलव नदिएपछि यहाँबाट पठाउने एजेण्ट र म्यानपावर कंपनीवीच मंसिर २६ गते वैदेशिक रोजगार विभागमा संझौता हुँदा पनि भनेअनुसारको काम नभएको बताए ।
एक लाख रुपैया खर्चेर गएका दाईलाई फर्काउन विभिन्न निकायमा निवेदन दिएपछि पहल हुन नसकेको उनले बताए । 'दाईको मृत्यु भयो परिवारको लालनपालनमा समस्या छ' उनले भने । रामदत्तका श्रीमती, ३ र १४ वर्षका छोरा र ७ वर्षीया छोरी छन् ।
रामदत्त अर्कै मेनपावरका एजेण्ट उज्ज्वलसिंह धामीले सहयोगमा सन्ना म्यानपावर कंपनीको श्रम स्वीकृत लिएर गएका थिए । एजेण्ट धामीले रामदत्तले भने भन्दा बढी तलव कंपनीले दिएको बताउूदै कंपनी छोडेर भागेको एक सातापछि मृत्यु भएको सुनाए । 'उता मरेपछि यता भाईले परिवारलाई क्षतिपुर्ती भन्छन्, कंपनी छोडेको मान्छेले उता इन्सुरेन्स पाउूदैन, हामीले के गर्ने ?' धामीले भने ।
पीडितले उजुरी गरेपछि दुतावासले कंपनीसंग जानकारी मागेको थियो । 'शुरुमा तलब नपाएको भन्ने गुनासो भएपछि हामीले पहल गर्यौं, त्यसपछि कम्पनीले ९ सय रिंगिट दिएको जानकारी पत्रामा गरायो' दुतावासले भनेको छ, 'अहिले परिवारले केही समयको तलब पाउन बांकी रहेको भन्दै निवेदन पठाएका छन् ।' नवराजले ८ सय भन्दा बढी रिंगिट पाईन्छ भनेर गए पनि त्यो अनुसार रकम नमिलेको र घरमा पनि कत्ति नपठाएको बताए ।
श्रम स्वीकृत र कल्याणकारी कोषमा रकम जम्मा गरेर गएका रामदत्तको परिवारले वैदेशिक रोजगार प्रबर्धन बोर्डले आर्थिक सहायता स्वरुप डेड लाख रुपैया दिएको छ । वीमाले ५ लाख रुपैया दिने भएको भाई नवराजले बताए । 'दाई आउन खोज्दा पनि नसकेर यस्तो घटना भयो, छानवीन भएर दोषीलाई कारवाही गर्नुपर्छ' भाई नवराजले भने ।