चैत्र १९ -नेकपा-माओवादीका कार्यकर्ताले मतदाता नामावली संकलनका लागि काभ्रेको पोखरीचौरी गाविस पुगेको निर्वाचन कार्यालयको टोलीलाई सोमबार बिहान काम गर्न नदिई लखटेको छ । निर्वाचन टोलीका कर्मचारी काम गर्न नपाई गाउँ छाड्नु परेको छ ।
चैत्त १७ गते स्यामपाटीमा निर्वाचन टोलीलाई अवरोध गर्दा समातिएका आफ्ना कार्यकर्ता दिप लामाको रिहाई नगरिएको भन्दै नेकपा-माओवादीले निर्वाचन टोलीलाई काम गर्न नदिई लखेटेको हो । पार्टी सेक्रेटरी दिपक देवकोटाले निर्वाचन टोलीलाई अवरोध पुर्याउने आफूहरुको राजनीतिक कार्यक्रम भएको बताए ।