
चैत्र १८ - विश्वशान्तिको कामना सहित गिनीज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखानउन न्यूज २४ ले लुम्बिनीमा ६० घन्टे म्याराथुन टक सो गर्ने भएको छ । चैत २९ गतेबाट शुरु हुने उक्त कार्यक्रमको तयारी पूरा भएको छ । विश्वले चिन्नेछ नेपाल भन्ने नारा सहित शुरु गरिने उक्त कार्यक्रमको व्यवस्थापनको जिम्मा वेलकम इभेन्ट म्यानेजमेन्टले लिएको छ । विश्वशान्तिको कामनासहित १० लाख हस्ताक्षर संकलन गरेर राष्ट्रसंघका महासचिवलाई बुझाउने कार्यक्रम समेत रहेको छ । हस्ताक्षर अभियानको शुरु भइसकेको छ ।