BREAKING NEWS

टीकमाया सारु मानव तस्करीको फन्दामा

चैत्र १८ - खाडीको संयुक्त अरब इमिरेट्समा क्लिनर काममा लैजाने भन्दै श्रम स्वीकृति लिइएकी नवलपरासीकी एक महिलालाई कुवेतमा हाउसमेड काममा लगाइएको पाएपछि दूतावासले कामदार सारुलाई घर फर्काउने पहल थालेको छ ।

के एन्ड सी इन्टरनेसनल एजेन्सीबाट कुवेत आएकी नवलपरासी ३६ वर्षीया टीकमाया सारु मानव तस्करीको फन्दामा परेकी हुन् । पुलिस रिपोर्ट प्रमाणीकरणका क्रममा कुवेतस्थित दूतावासमा आएपछि सारु मानव तस्करीमा परेको खुलेको हो । कुवेतस्थित श्रम सहचारी सिर्जना तिवारीले वैदेशिक रोजगार विभागलाई लेखेको पत्रअनुसार यी महिलालाई नेपाल फर्काउने प्रयास भइरहेको छ । श्रम सहचारी तिवारीले सारुलाई झुक्याएर पठाउने के एन्ड सी म्यानपावरलाई मानव तस्करी अभियोगमा हदैसम्मको कारबाही गर्न विभागलाई पत्र लेखेकी छन् । सारुले गत माघ २६ मा विभागबाट श्रम स्टिकर लिएको कागजातमा देखिएको छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes