चैत्र १८ - सर्वसाधारणलाई झन्झट भए पनि 'चोर पल्किने' डरले ९ वाणिज्य बैंकले एटिएमबाट झिक्ने रकमको दायरा घटाएका छन् ।
करिब दुई साताका लागि इन्भेष्टमेन्ट, सिद्धार्थ, वाणिज्य बैंक, ग्लोबल आइएमइ, सनराइज, माछापुच्छ्रे, लक्ष्मी, कुमारी र सिटिजन्स बैंकले एटिएमबाट झिक्न मिल्ने रकमको दायरलाई भारत र नेपालमा घटाएका हुन् । योसंगै सेवा वा वस्तु खरिद गर्दा प्रयोग गरिने पोस मेसिनबाट हुने भुक्तानी (पोइन्ट अफ सेल) मा पनि सीमा लगाइएको छ । यस्तो सीमाका कारण यी बैंकका १० लाखभन्दा बढी कार्ड प्रयोगकर्तालाई असर पर्ने भएको छ । अन्य वाणिज्य बैंकले पनि एटिएम कारोबारमा सीमा घटाउने छलफल थालेको जनाएका छन् ।
गत साता नक्कली कार्ड प्रयोग गरेर भारत र नेपालको एटिएमबट रकम झिक्ने तीन भारितय नागरिक पक्राउ परे पछि यी बैंकले रकमको सीमा घटाएका हुन् । 'अवस्था अनुसार काम गरेको हो,' सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले भने, 'चोर पल्किए डराउनु पर्छ, त्यहि भएर सजकता अपनाएका हौ ।' उक्त समूहले झिकेको रकम नगन्य रहेको र पक्राउ परेपछि त्यस्ता घटना नभए पनि केहि समय अवस्था बुझेको उनले बताए ।
एटिएमबाट झिक्न सकिने नगदको सीमालाई ९ बैंकले दैनिक ५० हजार रुपैयामा झारेका छन् । सामान्य अवस्थामा यो १ लाख २० हजार रुपैया हुन्छ । बैंकले दायरा घटाएपछि ९ बैंकका ग्राहकले एक पटकमा १० हजार रुपैया गरेर ५ पटकसम्म रकम निकाल्न सक्नेछन् । यहि आधारमा महिनामा अधिकतम २ लाख रुपैया एटिएमबाट झार्न सकिने भएको छ ।
एटिएममा सीमा तोकिए पनि चेकबाट हुने भुक्तानी भने सामान्य अवस्थाकै छ । एटिएम र चेक दुवै हुने ग्राहकले मुलुक भित्र कुनै समस्या भोग्नु पर्दैन । तर भारत गएको समयमा भने समस्या पर्न सक्छ ।
भारतमा दैनिक एक पटक मात्र भारु ५ हजार (नेपाली ८ हजार) निकाल्न मिल्ने व्यवस्था गरिएको छ । यहि आधारले मासिक भारतमा एटिएमबाट ८० हजार रुपैया झिक्न सकिनेछ ।
सामान खरिद गरेर कार्डबाट भुक्तानी गर्दा नेपालमा एक पटकमा ५० हजार रुपैयासम्म भुक्तानी हुने सीमा लगाइएको छ । यो सीमा दैनिक १ लाख र मासिक २ लाखमा राखिएको छ । भारतमा पनि पोइन्ट अफ सेलमा सोहि सीमा छ । जुन दैनिक भारतीय ३१ हजार २ सय ५० र मासिक १ लाख २५ हजार रुपैयासम्म पुग्छ ।
एटिएमबाट झर्ने रकमको सीमा घटाएर बैंकले भारत र नेपालमा भैरहेका कारोबारको सुक्ष्म अध्ययन गरिरहेका छन् । 'ग्राहकलाई समस्या नपरोस भनेर यस्तो गरेका हौ,' सिद्धार्थ बैंकका पेमेन्ट सोलुसन प्रमुख आषिस कुमार शर्माले भने, 'सबै बैंकले एटिएमबाट हुने कारोबार हेरिरहेका छौ ।' अन्य मुलुकमा पनि यस्ता घटना हुने गरेका र बच्नका लागि ग्राहकले आफ्नो एटिएम पिन नम्बर परिवर्तन गर्नु उपयुक्त हुने उनी बताउछन् । 'हामीले अध्ययन गर्दा एटिएम प्रयोगकर्ता मध्ये ८५ प्रतिशतले सुरुमा उपलब्ध पिन नम्बर परिवर्तन नगरी चलाउने गरेको देखियो' उनले भने,'त्यसैले परिवर्तन गर्न सबै बैंकले आफ्ना ग्राहकलाई अनुरोध गरिरहेका छौ ।'