BREAKING NEWS

विदेश जानेहरूमा स्वास्थ्य समस्या देखाउँदै फर्काइने क्रम रोकिएन

काठमाडौ, चैत्र १९ - वैदेशिक रोजगारीमा । यस्ता कामदार मध्ये छातीको समस्या देखाएर फर्काइने ८० प्रतिशत छन् । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अनुसार गत आर्थिक वर्ष नौ सय एघार कामदारलाई मलेसिया, कतार, दुबई र कुवेतबाट चिकित्सकीय दृष्टिले अनुपयुक्त भन्दै फर्काइएको थियो ।

'नेपालमा उनीहरूको पुनः स्वास्थ्य परीक्षण गर्दा मात्र १० प्रतिशत अर्थात् ९१ जना स्वास्थ्यको दृष्टिले अनुपयुक्त देखिए,' संघका अध्यक्ष प्रवीण तिवारीले कान्तिपुरसँग भने, 'वास्तविक अनुपयुक्त भएकामध्ये ८० प्रतिशतमा छातीमा दागको समस्या देखियो ।' हालसम्म दुई हजार सात सय जनालाई शारीरिक रूपले अनुपयुक्त भनेर विदेशबाट फर्काइएको छ । विदेशमा काम गर्ने कम्पनी व्यवस्थापनसँग मन नमिले वा कामदारलाई बस्न मन नलागेसमेत शारीरिक रूपले अनुपयुक्त देखिएको चिकित्सकीय प्रतिवेदनका आधारमा मुलुक फर्काउने गरिएको दाबी तिवारी गर्छन् । गत र चालू आर्थिक वर्ष गरी ६ जनालाई एचआईभी संक्रमित भनेर मलेसियाबाट फर्काइए पनि राष्ट्रिय प्रयोगशाला टेकुले भने उनीहरूमा संक्रमण नदेखिएको प्रतिवेदन दिएको तिवारी जनाउँछन् ।

'मलेसियावाट शारिरीक कारण देखाइ फर्काइने नेपाली कामदारहरु पुर्ण स्वस्थ नै हुन्छन, संघका बरिष्ठ उपाध्यक्ष कैलाश खडका भन्छन-'नेपाली कामदारहरुले आफनो तलव भत्ता, लगायतका वारेमा चासो राख्दा समेत शारिरीक कारण देखाई फर्कान्छ ।'

खडकाका अनुसार मलेसियावाट वर्षेनी करिव एक हजार जना, कतार वाट तिन सय सम्म, दुवइवाट डेढ सय कामदारलाई गलत रुपमा स्वास्थ्यको कारण देखाई मुलुक फर्कान्छ । 'यति सम्म की रिपोर्टमा मात्र अस्वस्थ लेख्छन, कारण समेत खोलाउदैनन, वातावरण मिल्दो भएन भनेर समेत फर्काएछन, खडकाका अनुसार कामदारलाइृ फर्काउदा चिकित्सकीय कारण देखाइए पनि मुलुकमा परिक्षण गराउदा ती व्यक्ति पुर्ण स्वस्थ नै देखिन्छन ।

छातीमा सामान्य दाग देखियो भने क्षयरोग भनेर फर्काउने प्रक्रिया उचित नरहेको नेपाली स्वास्थ्य विशेषज्ञहरु बताउदै आएका छन । उनिहरुले मुलुकको स्वास्थ्य, श्रम र परराष्ट्रका सम्बद्घ निकायले सम्बन्धित देशका सरकारी निकायसँग यसबारे गम्भीर वार्ता गर्नुपर्ने वताउछन । क्षयरोगको उपचार गरेर निको भइसकेको व्यक्ति स्वास्थ्यका दृष्टिले अनुपयुक्त मानिदैनन ।

सन् २००९/१० मा मलेसियाबाट चार सय ८६ नेपाली कामदार शारीरिक रूपले अनुपयुक्त भएको दाबी गर्दै फर्काइएकोमा तीन सय ५ जनाको छातीमा असामान्य दागमात्र रहेको जनाइएको थियो । मलेसिया सरकारले बिनाकारण शारीरिक रूपले अनुपयुक्त भन्दै कामदार फर्काउने गरेको जनाउँदै तिवारीले भने, 'यसका लागि स्वास्थ्य मन्त्रालयले त्यहाँको स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्नुपर्ने हो तर मन्त्रालयले उपयुक्त चासो देखाएको छैन ।'

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes