
विश्व वर्ष खेलाडी मेसीले गरेको यो जारी सिजनको ४३औं लिग गोल हो। यही गोलमार्फत उनी लगातार १९ औं खेलमा गोल गर्दै स्पेनिस ला लिगाका सबै प्रतिद्वन्द्वीविरुद्ध एकै चरणमा गोल गर्ने पहिलो खेलाडीका रुपमा कीर्तिमान बनाउन सफल भए।
रियाल मड्रिडले रियाल जारागोजासँग १-१ को बराबरीमा चित्त बुझाएपछि बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा १३ अंकको अग्रता कायम राख्न सफल भयो। तर, बार्सिलोनाका सहायक प्रशिक्षक जोर्डी रोउराले खेलमा ध्यान केन्द्रित गर्न नसक्दा टोली विजयविमुख हुनुपरेको बताए। 'म कसैको व्यक्तिगत गल्ती औल्याउन चाहन्न। अन्तिम समयमा हामीले संगठित मेहनत गरेनौं,' रोउराले भने।
दोस्रो स्थानको रियालले बार्सिलोनाको बराबरीमा फाइदा उठाउन सकेन। रोडरीको गोलमा जारागोजाले छैटौं मिनेटमा अग्रता लिएपनि क्रिस्टियानो रोनाल्डोले मध्यान्तर हुन ८ मिनेट बाँकी रहँदा रियालका लागि बराबरी गोल गरेका थिए। स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा मालागाले रायो भालेकानोलाई ३-१ को नतिजामा हरायो भने लेभान्टेले सेभियामाथि १-० को जित हासिल गर्यो।