BREAKING NEWS

पुरुषले एकैपटकको यौनसम्पर्कमा धेरैपटक अर्गाजम अर्थात् यौन आनन्दको चरमोत्कर्ष प्राप्त गर्न सक्दैन

धेरै खाएपछि चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान तपाईंको चाहनामा उपयुक्त होला। यौनसम्पर्कबाट पटक-पटक आनन्द लिन नसकिने होइन, सकिन्छ। यो सम्भव भएकै कुरा भयो। यौनआनन्द भन्ने कुरा वातावरण, यौन इच्छा एवं यौन शक्तिजस्ता कुरामा निर्भर हुने विषय हुन्। जहाँसम्म एउटै यौनसम्पर्कको अवस्था बढाएर पटक-पटक यौनको चरम आनन्द प्राप्त गरिरहने कुरा छ, पुरुषमा त यो असम्भव नै छ। । प्रथमतः यौनको एउटा चरमोत्कर्ष र स्खलनपछि शक्तिमा ह्रास आउँछ। अर्को कुरा, मनस्थिति वा मुडमा परिवर्तन आउँछ। यसका लागि यौनाङ्गहरूको उत्तेजनाको अवस्था तत्काल प्राप्त भैहाल्न कठिन हुन्छ। लिङ्गले पूर्ण आकार लिएर तन्किएको र बढी मात्रामा घर्षण पैदा भैसकेकाले बढी मात्रामा संवेदनशील भैसकेको हुन्छ। यस्तोमा मुड बनाउन थाले पनि तत्काल यौन अंगले साथ दिँदैन, अर्थात् मूल यौनाङ्गमा पीडा हुने भएकाले पुरुषमा एउटै यौनसम्पर्कबाट पटक-पटक अर्गाजम प्राप्त हुन नसकेको हो। हार्मोनहरूमा आउने परिवर्तन एवं शरीरको क्षमताका कारण एउटा उच्च आनन्दपछि दोस्रो उच्च आनन्द प्राप्त हुन कठिन हुन्छ। यौनसम्पर्कको एउटा उत्कर्षपछि अर्को उत्कर्ष प्राप्त गर्न आवश्यक पर्ने सर्त भनेको पुनः उत्तेजना प्राप्त गर्ने वा पुनर्ताजगी प्राप्त गर्ने हो। यस्तो अवस्थालाई रिकभरी अवधि वा रिप|m्याक्टरी अवधि भनिन्छ।

पहिलो पटकको सम्पर्कमा जुन आनन्द प्राप्त हुन्छ, दोस्रो वा त्यसपछिको सम्पर्कमा किन आनन्द आउँदैन भन्ने विषयमा विभिन्न अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार १५ वषर्ीय पुरुषमा यो अवस्था आउन १५ मिनेट लाग्ने गरेको छ भने ७० वर्षको उमेरमा त्यही आनन्दमा पुग्न २० घण्टा लाग्छ। रटजर विश्वविद्यालयले गरेको एउटा अर्को महत्त्वपूर्ण अध्ययनअनुसार औसत पुरुषलाई उक्त अवस्था पुनः प्राप्त गर्न कम्तीमा ३६ मिनेट लाग्ने गरेको छ। अपवादका रूपमा एक जना युवामा १० सेकेन्डमै उक्त अवस्था प्राप्त भएको दुर्लभ उदाहरण पनि रेकर्ड नगरिएको होइन। त्यस्ता अपवादलाई छाड्ने हो भने पुरुषले प्रत्येक पटकको सम्पर्कपछि त्यही आनन्द प्राप्त गर्न लामो समय लाग्ने गरेको अध्ययनहरूले देखाएका छन्। यसको कारण पुरुषको शारीरिक अवस्था एवं वातावरण मुख्य हुन्।

यता महिलाहरूले भने एकैपटकको यौनसम्पर्कमा पनि धेरैपटक अर्गाजम प्राप्त गर्न सक्छन्। यो तथ्यलाई करिब आधा शताब्दीअघि रेकर्ड गरिएको थियो। यौनसाथीसँग अत्यन्तै रमाइलो महसुस गर्ने वा यौनसाथीसँग अनुकूलता महसुस गर्ने धेरैजसो महिलाले एउटै यौनसम्पर्कमा ३ देखि ४ पटकसम्म पनि अर्गाजम प्राप्त गर्न सकेको अध्ययनहरूले देखाएका छन्। एउटा कलेजका ८ सयभन्दा बढी स्नातक युवतीमा गरिएको अध्ययनअनुसार ४३ प्रतिशतले एउटै यौनसम्पर्कको अवस्थामा बढी पटक अर्गाजम प्राप्त गरेको प्रतिक्रिया दिएका थिए। धेरै महिलाले यस्तो अवस्था प्राप्तिका लागि प्रयास पनि गर्दैनन्। धेरैजसो महिलालाई खासमा रिकभरी वा रिप|m्याक्टरी अवधिको आवश्यकता पर्दैन। त्यसैले उनीह रूले एउटै यौनसम्पर्कको अवस्थामा पटक पटक अर्गाजम प्राप्त गरिरहन सक्छन्।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes