
दिनचर्या कसरी बितिरहेको छ ?
नाटकमै व्यस्त छु । अहिले 'डिग्री माइलो' को मञ्चन गर्नका लागि रिहर्सल गर्दैछु ।
तपाईं कहिलेदेखि रंगकर्ममा हुनुहुन्छ ?
२०६२ सालदेखि म रंगमञ्चमा आएकी हँु । त्यसभन्दा अघि मोडलिङ गर्थें । मोडलिङमार्फत रंगमञ्चमा आएकी हुँ । काठमाडौंमा रहदाँ-रहँदै चिनेजानेका दाइहरूमार्फत मलाई नाटक खेल्ने अफर आयो । पश्चिमाञ्चलमा भएको कार्यक्रममा भाग लिए, पश्चिमाञ्चल क्षेत्रीय थिएटर अवार्ड-२०६२ पाएकी थिए। काम खुलेर गर्नुपर्छ भन्ने मेरो पहिलेदेखिकै सोचाइ, बुभmदै गएपछि यो क्षेत्र राम्रो लाग्यो, त्यहीअनुसार अहिलेसम्म निरन्तरता दिइरहेकी छु ।
के चाहिन्छ थिएटर आर्टिस्ट बन्न ?
पहिलो कुरा दृढ संकल्प हुनुपर्छ। मान्छेमा कुनै पनि काम गर्ने इच्छा भएर मात्र हुँदैन, गर्छु भन्ने आँट हुनुपर्छ। यस्तो काममा तत्काल रिजल्ट आउँदैन गर्दै जाँदा अवश्य फल प्राप्त हुन्छ।
अभिनय कत्तिको गाह्रो छ त ?
नाटक चलचित्रजस्तो विधा होइन । वास्तविकता उतार्न चानचुने मेहनतले सम्भव छैन, तर बारम्बार त्यही काम गरिरहेपछि राम्रो हुँदै जाँदो रहेछ । यो क्षेत्रमा काम गर्दै जाँदा म त पृथक् क्षेत्रमा पो लागेकी रहेछु भन्ने अनुभव हुन्छ ।
लुटले तपाईंको करियरमा कत्तिको फाइदा पुग्यो ?
मलाई सिर्जना सुब्बाभन्दा पनि लुटकी पुतली भनेर चिन्न थालियो। मेरो फिल्मी करियरलाई लुटले निकैमाथि उठाएको छ ।
चलचित्र र नाटकमा के भिन्नता पाउनुभयो ?
चलचित्रमा तत्काल भएको विषय देखाउन असम्भव हुन्छ तर नाटकमा 'करेन्ट इस्यु' देखाउन सकिन्छ । चलचित्रमा अभिनय सजिलो छ भने नाटकमा मेहनत बढी गर्नुपर्ने हुन्छ ।
मोडलिङ, रंगमञ्च र चलचित्रमध्ये कुनबाट बढी सन्तुष्टि मिल्छ ?
मलाई त रंगमञ्चबाट नै सन्तुष्टि मिलेको छ । मैले अभिनय पनि रंगमञ्चमै खुलेर गर्न पाएकी छु ।
रंगकर्मी र फिल्मकर्मीको जीवनस्तरमा के फरक छ ?
फरक त नहुनु पर्ने हो । आखिर रंगकर्मी पनि कलाकार हुन् र चलचित्रकर्मी पनि । फिल्मकर्मीहरू बढी 'एक्सपोज' खोज्छन् । जस्तै नायिकाह रूलाई हेरौं न, उनीहरू चाहिनेभन्दा बढी एक्सपोज गरेजस्तो लाग्छ ।
चलचित्र क्षेत्रमा आउने युवतीहरू असुरक्षित छन् भनिन्छ नि ?
यो आफूमा भर पर्ने कुरा हो, मैले अहिलेसम्म असुरक्षित अनुभव गरेकी छैन ।
आम्दानी कस्तो छ ?
हाइफाई त होइन, नर्मल जीवन चलिरहेको छ ।
भविष्य कस्तो देख्नुभएको छ ?
राणाकालमा थिएटर भन्नेबित्तिकै निकै राम्रो मानिथ्यो तर अहिले त्यत्तिको छैन । नाटक वास्तविकता हो । कतिपयले चलचित्रभन्दा नाटक हेर्नु भन्छन् । काठमाडौंमा बसेकाहरूले केही बुझेका छन् तर उपत्यकाबाहिरका दर्शकहरूले यसको बृहत्तालाई नबुझी सडक नाटकमात्र बु∆छन् । यसको गहिराई बुभmनु आवश्यक छ ।