BREAKING NEWS

फर्निचर उद्योगमा शव भेटियो

काभ्रे, चैत्र १७ - भकुण्डेको एक फर्निचर उद्योगमा शव भेटिएको छ । खनालथोक ७ का १९ वर्षे सन्तोष परियारको शव फुलवारी फर्निचर उद्योगमा भेटिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख सुवास खड्काले जानकारी दिए । 'शव शंकास्पद रहेको छ,' उनले भने, 'घटनाको अनुसन्धान गरिरहेका छौं ।' उद्योगका सञ्चालक मनोज अधिकारी र रविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीले नेपालीको हत्या गरेको अनुमान गरेको छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes