BREAKING NEWS

क्यामरा फिर्ता गर्न माग

तनहुँ, चैत्र १८ - पत्रकार महासंघको स्थानीय शाखाले शुक्रबार समाचार संकलनमा खटिएका सञ्चारकर्मीबाट लुटिएको क्यामरा फिर्ता गर्न माग गरेको छ ।

पोखरीभन्ज्याङ-४ घर भई व्यास १ हाइस्कुलटारमा बस्दै आएका २२ वर्षीय सुजन तामाङको प्रहरी नियन्त्रणमा भएका बेला बिहीबार राति मृत्यु भएपछि आन्दोलित स्थानीयले शुक्रबार तनहुँ आवाज साप्ताहिकका पत्रकार सरोज पोख्रेललाई कुटपिट गरी क्यामरा लुटेका थिए । महासंघले पत्रकार माथि हातपात र क्यामरा लुटिएकोप्रति खेद व्यक्त गर्दै क्यामरा फिर्ताको माग गरेको हो । प्रदर्शनकारीले ३५ हजार रुपैयाँ मूल्य बराबरको फुजी कम्पनीको कम्प्याक्ट क्यामरा लुटेका थिए । महासंघको शनिबार बसेको आकस्मिक

बैठकले उक्त माग गरेको हो । प्रदर्शनकारीले पोख्रेलसहित महि पत्रकार सोनी खनिया, भन्ज्याङ दैनिकका नारायण खड्का र दमौली एफएमका प्रताप रानालाई हातपात गरेका थिए ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes