BREAKING NEWS

डुंगा पल्टिँदा बेपत्ता भएकी एक युवती मृत फेला

पोखरा, चैत २२ - कास्कीको लेखनाथस्थित बेगनास तालमा बुधबार दिउँसो यात्रुसहितको परेको छ। तालमा बेपत्ता भएकी पोखरा-१० रामबजारकी १९ वर्षीया शुष्मा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ।

उनीसँगै बेपत्ता रहेका रामबजारका २० वर्षीय प्रकाश गुरुङ र ३५ वर्षीया पुष्पा गुरुङ अझै बेपत्ता रहेको डाँडाकोनाक चौकीका प्रहरी निरीक्षक विमल उपाध्यायले जानकारी दिए। 'तालमा फलामको काँडेतार बिच्छाएर खोज्ने क्रममा तारमा अड्केको अवस्थामा शव फेला परेको छ,' उनले भने, 'बेपत्ता रहेका अन्य दुईजनाको पनि त्यसैगरि खोजी भइरहेको छ।'


बेपत्ता भएकोको खोजी गर्न नेपाल प्रहरीको १६ जना, सशस्त्र प्रहरीको २३ जनासहित स्थानीयवासी र डुंगा व्यवसायी परिचालन भइरहेको उनले बताए। 'बिहानैदेखि फलामे तार बिच्छाएर खोजी गरिरहेका छौ, फेला नपरेसम्म उनीहरुको खोजी जारी रहन्छ,' उपाध्यायले भने।


हावाहुरीका कारण आठजना यात्रु सहितको डुंगा बुधबार दिउँसो करिब चारबजे तालमा डुबेको थियो। तालमा डुबेका मध्ये २ वर्षीया इभिना गुरुङ र ३ वर्षीया अनुस्का गुरुङको बुधबार नै मृत्यु भएको थियो भने अन्य तीनजनालाई जिवितै उद्धार गरिएको थियो।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes