BREAKING NEWS

क्रिकेटको टिकट बिक्रीबाट रु ४१ लाख सङ्कलन

चैत्र २२ - एसियाली क्रिकेट परिषद्को आयोजनामा सम्पन्न एसिसी एलिट कप टि–ट्वान्टी प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) ले टिकट बिक्रीबाट रु ४१ लाख सङ्कलन गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका कोषाध्यक्ष आशिष द्वारेले आज सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार हिजो नेपाल र अफगानिस्तानबीच भएको फाइनलमा सबैभन्दा बढी १६ हजार दर्शकले टिकट काटेर खेल हेरेका थिए । हिजोको खेलबाट मात्रै रु ११ लाख ५३ हजार १०० सङ्कलन भएको थियो ।

उनका अनुसार हिजोको खेलमा सात हजार विद्यार्थी दर्शका रुपमा आएका थिए । क्यानले खेलाडी तथा प्रशिक्षक सङ्घसँग मिलेर टिकट व्यवस्थापन गरेको थियो । टिकट दर रु १०० राखिएको भएपनि त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई रु ५० मा टिकट उपलब्ध गराइएको थियो ।

द्वारेका अनुसार टिकट सकिएपछि आठ हजारभन्दा बढी दर्शक त्यसै मैदान प्रवेश गरेका थिए । सेमिफाइनलमा पनि झन्डै २० हजार दर्शकले मैदानबाटै खेल अवलोकन गरेको क्यानको अनुमान छ । टिकटबाट उठेको रकम खेलाडी र मैदानको सुधारमा प्रयोग गरिने क्यानले जनाएको छ ।

क्यानले यसैपटकदेखि दर्शकका लागि टिकटको व्यवस्था मिलाएको हो । –रासस

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes