BREAKING NEWS

दिमागबारेका केही रोचक तथ्य


मस्तिष्क मानव सरीरको सबैभन्दा महत्वपूर्ण
अंग हो । मस्तिष्कबाटै सबै क्रियाकलाप
निर्देशित हुन्छन् र मस्तिष्कले नै सरीरका सबै
प्रणालीहरु संचालन गरेको हुन्छ । मस्तिष्क
निकै नै संवेदनशील अंग हो र यसमा हुने गडबडीले
शारीरिक तथा मानसिक समस्या पैदा गर्छ ।
मस्तिष्क निकै महत्वपूर्ण अंग हो भन्नेबारेमा त
हामी सबैलाई थाहा छ । तर
मस्तिष्कको बनाबट
तथा कार्यका विषयमा केही रोचक
तथा पत्याउनै नसकिने खालका तथ्यहरु भने
जानकारी नहुन सक्छ ।
त्यसैले सोही जानकारीका लागि हामीले
यहाँ केही तथ्यहरु प्रस्तुत गरेका छौँ ।
१. कहिलेकाहीँ टाउको दुख्यो वा तनाव
भयो भने मस्तिष्क वा दिमाग नै दुख्यो कि भन्ने
भान पर्छ । तर खास कुरो के हो भने मस्तिष्क
कहिल्यैपनि दुख्दैन । सरीरका अरु
भागमा चोटपटक लाग्दा दुखाइ महसुस हुन्छ
यसको कारण
ती अंगहरुमा दुखाइको चेतना ग्रहण गर्ने
रिसेप्टर हुन्छन् । तर मस्तिष्क
कोषमा त्यस्ता रिसेप्टर हुँदैनन् । अर्थात् अरु
अंगको दुखाइको चेतना दिने मस्तिष्कले आफ्नै
दुखाइ भने थाहा पाउँदैन ।
२. मस्तिष्कमा यतिधेरै रक्तनली हुन्छन् की सबै
रक्तनलीको लम्बाइ जोड्ने हो भने १ लाख
माइल हुन्छ । यो सँगै
मस्तिष्कमा खरबौँ न्युरोन हुन्छन् । मस्तिष्कले
हाम्रो सरीरको १७ प्रतिशत उर्जा खपत
गरेको हुन्छ भने २० प्रतिशत अक्सिजन खपत
गरेको हुन्छ ।
३.मानिस ननिदाएको बेला मस्तिष्कबाट १०
देखि २३ वाट उर्जा निस्किरहेको हुन्छ ।
यो उर्जा यतिधेरै हो की त्यो बिजुलीको बल्ब
बाल्न समेत पर्याप्त हुन्छ ।
४. महिलाको मस्तिष्क
भन्दा पुरुषको मस्तिष्क १० प्रतिशत
ठूलो हुन्छ । तर
सानो भएपनि महिलाको मस्तिष्कमा पुरुषको
भन्दा बढि न्युरोन हुन्छन् र
महिलाको मस्तिष्क
पुरुषको भन्दा बढि कामकाजी वा सक्रिय हुन्छ
। महिलाको मस्तिष्कको बायाँ भाग
बढि सक्रिय हुन्छ भने पुरुषको दाहिने भाग ।
सोही कारण महिला बढि संवेदनशील हुन्छन् भने
पुरुष तर्कशील ।
५. निदाएको बेला मानिसको दिमाग झनै
सक्रिय हुन्छ । सपनामा मानिसको मस्तिष्क
उति नै सक्रिय हुन्छ जति विपनामा सो काम
गर्दा मस्तिष्क सक्रिय हुन्थ्यो । सामान्य
ज्ञान तथा आइक्यूमा राम्रो ज्ञान हुने
तथा रुची राख्ने मानिसले बढि सपना देख्छ ।
६. मानिस किन हाँस्छ भन्ने कुरा उसलाई
पनि थाहा हुँदैन । मान्छे चाहेर मात्रै हाँस्न
सक्दैन । हाँस्ने भने कुरा मस्तिष्कले आफै
नियन्त्रित गर्ने काम हो । मान्छे केबल
रमाइला कुरा सुनेर मात्र हाँसेको हुँदैन । ४
महिनाको बच्चाले हामीले
भनेका कुरा तथा गरेको इशारा बुझ्दैन
तरपनि एक्लैएक्लै मुस्कुराउँछ ।
७. मस्तिष्क ठूलो हुँदैमा मान्छे बढि अब्बल
हुन्छ भन्ने कुरा गलत हो । अल्बर्ट
आइन्सटाइनको मस्तिष्कको तौल केबल १२३०
ग्राम थियो जब
की पुरुषहरुको मस्तिष्कको औषत तौल १४ सय
ग्राम हुन्छ । कतिपयले भने
मानिसकेा टाउको जतिठूलो भयो मान्छे उति नै
अब्बल हुने बताउँछन् ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes