सिनेमाका पण्डितहरुले अनुमान गरे विपरीत वर्ष ७९ नेपाली सिनेमा क्षेत्रको लागी फ्रुटफुल हुन सकेन् । पण्डितहरुले ब्लकबस्टर सिनेमा 'लुट' र हिट सिनेमा 'चपली हाइट' को व्यापारलाई आधार मानेर यो वर्ष नेपाली सिने बजारको लागी नाफायुक्त हुने अनुमान लगाएका थिए । यो वर्ष प्रर्दशनमा आएका १ सय भन्दा बढी सिनेमाहरुमध्ये गन्न मिल्ने सिनेमाहरुले मात्रै आफ्नो लगानी रिकभर गर्न सफल भए । बाँकी सबै फल्प । विडम्वना, हलमा सिनेमा पत्तासाफ भएपनि निर्माताहरुको 'मेरो सिनेमाले रेकर्ड व्रेक गर्यो' भन्ने खोक्रो बोली भने वर्षभरी नै गुञ्जायमान रह्यो । यो वर्ष दर्शकहरुले महानायक राजेश हमाल, झरना थापा, सौगात मल्ल, निशा अधिकारी, आर्यन सिग्देल जस्ता कलाकारहरुको सिनेमालाई सिधै इग्नोर गरिदिए । बरु फुच्चे 'सायद' डेव्यूड हिरो संयम पुरी र नाक थेप्चीएका कलाकार विल्सन विक्रम राईले हलमा दर्शकहरुको 'वान्स मोर' पाए । त्यस्तै नायिका रेखा थापाले 'रावण', 'लंका' र 'मालतीको भट्टी' चलाएर यो वर्ष आफ्नो अस्तित्वलाई कायम राखिन् । वर्ष २०६९ मा कुन कुन कलाकार सिनेमाको व्यापारिक हिसाबले कुन स्थानमा रहे र उनीहरुको सिनेमा क्षेत्रमा उपस्थिति कस्तो रह्यो ? यो विषयमा केही चर्चा गर्रौ :
निशा अधिकारी, नायिका
'फस्ट लभ' हिरोइन निशा अधिकारीको यो वर्ष सबैभन्दा पिडादायी वर्ष बन्यो । उनले अभिनय गरेका र चर्चामा रहेको सिनेमाहरुले सिनेमा हलमा उत्साहको व्यापार गर्न असमर्थ रहे । निशा अभिनित सिनेमा 'सुनगाभा', र 'पध्मिनि' सुपर फल्प भए । नायक आर्यन सिग्देलसँग रातको १ बजे 'धुवाँ यो नशा' सफलताको लागी कृष्ण मन्दिरमा पुगेकी निशाको प्रर्थना पनि धुवाँमै उड्यो । त्यस्तै निशा अभिनित अर्को सिनेमा 'अपवाद' को व्यापारिक हालत पनि मल्हम लगाउने खालको रहेन । साथमा उनी केन्द्रीत सिनेमा 'मायाज बार' ले पनि लगानी रिकभरको व्यापार गर्न सकेन् । निर्मातालाई राहत नदिएकी निशा वर्षको अन्त्यमा आएर भने सगरमाथा आरोहण गर्ने विषयले चर्चामा छिन् । विभिन्न कर्मशियल संस्थाबाट रकम डोनेटको पात्र बनिरहेकी निशा सगरमाथा आरोहणमा सफल होलिन् ? शुभकामना व्यक्त गर्नै पर्छ । तर निशा अभिनित सिनेमाहरुको वर्षको व्यापारिक रिपोर्ट हेर्दा निशालाई असफल नायिका भन्नै पर्छ ।
राजेश हमाल, महानायक
महानायक हमाल यो वर्ष सिनेमा भन्दा भन्दा व्यत्तीगत कारणले बढी हाइलाइटमा आए । पागल प्रेमीको दिवान पन होस या आफुभन्दा धेरै कान्छो उमेरकी फ्यानको बिहे गर्ने ईच्छाको समाचारले । राजेशले यो वर्ष राम्रैसँग मिडिया तताए । भलै प्रेमिका सार्वजनिकको विषयले किन नहोस् ? महानायकको व्यत्तीगत जीवनका प्रसंगहरु बजारमा सेल भइरहे । हुन त यो वर्ष महानायक हमालको सिनेमाले प्रत्येक हप्ता जसो हलमा रिलिजको अवसर नपाएको होइन् । विडम्वना, महानायक हमालका सिनेमाले हलमा पानी पनि भन्न पाएनन् । यसअर्थ महानायक हमालको लागी यो वर्ष प्रेमिकासँगको चर्चा र फल्पकै वरिपरि घुमिरह्यो ।
प्रियंका कार्की, नायिका
प्रियंका कार्की वर्षको सुरुमा राम्रैसँग हाइटमा आइन् । उनी अभिनित सिनेमाहरु प्रदर्शन नभइ निर्माता निर्देशकहरु प्रियंका माथि रमक खर्च गर्न तयार भए । जब प्रियंकाको सिनेमा 'थ्रि लभर्स' रिलिज भयो, परिस्थिति उल्टियो । प्रियंकाको लागी समय लिन दौडधुप गरिरहेका निर्माता, निर्देशकहरु एकपल्ट सोच्न बाध्य भए । बजारमा रामै्रसँग प्रचार गरिएको सिनेमा 'कलिउड' ले पनि प्रियंकाको सिने करिअरमा अर्को ढुङ्गा लगाइदियो । भलै प्रदर्शनरत सिनेमा 'भिजिलान्ते' ले किन नहोस्, प्रियंकाको चर्चायुक्त करिअरलाई कुनै सर्पोट गरेन । त्यसकारण प्रियंकाको लागी यो वर्ष तातेर सेलाएको फलाम झै हुन आयो ।
आर्यन सिग्देल, नायक
हरिष सिग्देल उर्फ आर्यन सिग्देलको लागी यो वर्ष सबैभन्दा अन्लक्की सावित भयो । सेलेक्टेड सिनेमा खेल्ने भनेर उद्घोष गर्ने आर्यन अभिनित प्रदर्शनमा आएका सबै सिनेमाले निर्माताको ब्याङ्क व्यालेन्स डिक्रीज गर्नु बाहेक अरु केही उपलब्धी हात पार्न सकेनन् । उनले प्रचार प्रसारमा घुँडा टेकेर लागेका प्रोजेक्टहरु 'धुँवा यो नशा' र 'कलिउड' ले नराम्रोसँग हावा खाए । साथमा 'के म तिम्रो साथी बन्न सक्छु' र बासी सिनेमा 'बन्दी' को व्यापारले नायक सिग्देललाई कुनै राहत दिएनन् । सिनेमामा देखिएको अभिनय भन्दा पनि निर्माताहरुसँग डिमान्ड हुने पारिश्रमीक रकमका कारण चर्चा र विवादमा आइरहने आर्यनले यो वर्ष एउटा प्रगति भने गरेको पाइयो । अहिलेसम्म उनले गोप्य नै राख्न चाहेको आफ्नी प्रेमीकाको लाई गाडीमा घुमाउँदै गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेर ।
रेखा थापा, नायिका
सिङ्गल लेडी रेखा थापाको लागी २०६९ आंशिक निराशको वर्ष बन्न पुग्यो । यो वर्ष हलमा आएका उनी अभिनित सबै सिनेमाहरुले उत्साहको व्यापार गर्न सकेनन् । यद्यपी 'रावण', 'मालतीको भट्टी' र 'लंका' ले रेखाको स्टार पावरलाई कायम राख्न मद्दत पुर्याए । नव नायकहरुको लागी गड्मदर मानिएकी रेखा यो वर्ष अत्याधिक चर्चासँगै विवादमा पनि तानिइन् । निर्माता छविसँग १२ वर्षेको सम्बन्ध विच्छेदले गर्माएको बजार अमेरिका भ्रमण पश्चात रेखाले नेपाल ब्याक भएर दिएको अभिव्यत्ती पनि उत्तिकै गर्मायो । अझ हट रेखा चलचित्र विकास वोर्डको अध्यक्ष पदमा उठ्ने प्रसंगले सिने नगरी 'हुन्छ' र 'हुन्न' मा विभाजित बन्न पुग्यो । भलै उनले कारागारमा रहेका काङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भेटेको खबरले किन नहोस् रेखाले यो वर्ष चर्चा र विवादको सामना गरिरहिन् ।
सौगात मल्ल, नायक
सौगात मल्लको लागी २०६९ सिनेमा संख्या बढाउने वर्षको रुपमा सावित भयो । वर्षैभरी एक्सन कट्मा व्यस्त भएपनि हाकु काले अभिनित 'छड्के' र 'कथा' जस्ता सिनेमाहरुले खासै राम्रो व्यापार गर्न सकेनन् ।
झरना थापा, नायिका
सिनेमा प्रदर्शन संख्याका हिसाबले नायिका झरना थापाले अन्य नायिकालाई उछीनिन् । यद्यपी प्रदर्शनमा आएका कुनै पनि सिनेमाले सुदख व्यापार गर्न सकेनन् । सबैभन्दा ठुलो धक्का झरनालाई होम प्रोडक्सनको सिनेमा 'फेसबुक' को असफलताले दियो । प्रतिक्षा र चर्चामा रहेको 'फेसबुक' दर्शकहरुमाझ लग इन् हुन सकेन् ।
राजवल्लभ कोइराला, नायक
नायक राजवल्लभ कोइराला यो वर्ष हलिउड यात्राले चर्चामा रहे । हलिउड मुभी 'हाइवे टु धुम्पुस' को लागी अमेरिका उडेका नायक वल्लभले त्यहाँबाटै नेपाली सिनेमा 'ऋतु' मा अभिनय गर्न भ्याए । उनको अभिनय रहेको सिनेमाहरुले नेपाली स्टेशनहरुमा खासै तहल्का पिट्न सकेनन् । राजवल्लभ अभिनित 'अपवाद', 'किन लाग्छ माया' र 'सो सिम्पल' जस्ता सिनेमाहरुले दर्शकको ध्यान खासै खिच्न सकेको देखिएन् ।
सुमिना घिमिरे, नायिका
नायिका सुमिना घिमिरे वर्षको अन्त्यमा आएर हिट बनिन् । गलत समाचार लेखेको भन्दै मोबाइल वार्तामा पत्रकारलाई ज्यान मार्ने धम्की दिएर सुमिना आलोचित बन्न पुगिन् । सिनेमा प्रदर्शनका हिसाबले सुमिना पनि अन्य नायिका भन्दा अग्रपङ्तीमा काउन्ट हुन आइन् । तर सुमिना अभिनित कुनै पनि सिनेमाले उत्साहको व्यापार गर्न सकेनन् ।
सुमन सिंह, नायक
सिनेमा प्रदर्शनका हिसाबले महानायक राजेश हमाले पछि नायक सुमन सिङ फस्ट लिस्टमा आए । तर उनी अभिनित सिनेमाहरु रिलिज हुने र उत्रने मात्र भइरहे ।
सुस्मा कार्की, नायिका
आइटम गर्ल सुस्मा कार्की व्बोइ फ्रेन्डका कारण सुटिङ स्पट बाटै 'वार' सिनेमाबाट निकालिएपछि रामै्रसँग मिडियाको मसला बनिन् । 'उध्रेको चोली' हिट आइटम गर्लको यो वर्ष पनि आइटममा कम्मर मर्काउने क्रम चलि नै रह्यो । उनी अभिनित वोल्ड सिनेमा 'विन्दास' ले निर्मातालाई राम्रै राहत दिएको थियो ।
जीवन लुँइटेल, नायक
नायक जीवन लुइँटेलको यो वर्ष अन्य कलाकारको तुलनामा समान्य नै रहेको मान्नुपर्छ । कारण उनी अभिनित सिनेमा 'मालतीको भट्टी' र 'रिदम' ले निर्मातालाई रामै्र राहत पुर्यायो । यद्यपी उनका यो वर्ष रिलिजमा आएका अरु सबै सिनेमा फल्पको कोटीमा काउन्ट हुन आए ।
बिनिता बराल, नायिका
नायिका बिनिता बरालले 'चपली हाइट' बाट पाएको हाइट उल्का खसे सरह खस्यो । उनको दोस्रो प्रोजेक्ट 'फुलस्टप' ले विनिताको सिने करिअरमै फुलस्टप लगाइदियो । प्रचार गरेजस्तो उक्त सिनेमाले उत्साहको व्यापार गर्न सकेन् । बरु 'चपली हाइट' मा उनकै अपोजिटमा देखिएका नायक राज घिमिरेसँको विवादले विनितालाई चर्चाम ल्याइदियो ।
विनय एण्ड ऋचा
नायक विनय श्रेष्ठ र नायिका ऋचा शर्माको लागी यो वर्ष निकै अनलक्की सावित भयो । उनीहरुको लामो समयको प्रेम प्रसंगले यही वर्ष पूर्णविराम पायो । यस्को प्रमुख कारण विनय र ऋचाको संयुक्त लगानी रहेको बताइएको सिनेमा 'भिसा गर्ल' को निराशजनक व्यापार रह्यो । ऋचा अहिले एक युवा निर्देशकसँग नजिकिएको खबर छ भने विनय नयाँ प्रेमिकाको खोजिमा छन् ।