चैत्र २४ । कैलालीको बेलादेवीपुर गाविस वडा नम्बर ७ घोडसुवामा बोक्सीको आरोेपमा मलमूत्र खुवाएर निर्घात कुटिएकी ५५ वर्षीया राजकुमारी रानालाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज भर्ना गरिएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी राजकुमारीलाई सेती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घाईते राजकुमारीको सम्पूर्ण उपचार राज्यले व्यहोर्ने जानकारी दिएका छन् ।
घटनामा संलग्न निरादेवी र रामकुमारी रानालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको पनि उनले बताए । फरार रामसिंह राना र धर्मसिंह रानाको भने खोजिकार्य भैरहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले बताए ।
हिजो बिहान साँढे तीन बजे घरमा सुतिरहेको अवस्थामा नियन्त्रणमा लिएर निरादेवी राना र उनका देवर रामसिंह लगायतले बोक्सीको आरोपमा राजकुमारीलाई निर्वस्त्र पारेर निर्घात कुटपिट गरेका थिए ।