BREAKING NEWS

भीषण आगलागी, करोड बढीको क्षति

चैत्र २४ । डडेल्धुराको बागबजारस्थित पाठक एण्ड सन्स फर्ममा आज बिहान आगलागी हुँदा लार्खौको धनमाल जलेको छ । भान्सा कोठाबाट सल्केको आगोले फर्ममा रहेका चुरोट , बिस्कुट, साबुन, चाउचाउ , बिँडी जलेर नष्ट भएका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानियबासीले तीन घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । दमकल नहुँदा पानी र माटो हालेर आगो नियन्त्रणमा लिईएको थियो ।

आगलागीबाट पाठक एण्ड सन्स फर्मका तीनवटा गोदाम जलेर पूर्ण रुपमा नष्ट भएका छन् । पाठक एण्ड सन्स सुदूरपश्मिको चुरोटका लागि बिगत तीन दशक देखि अधिकृत बिक्रेता र अन्य नेपाली तथा भारतीय उत्पादनहरुको कारोबार गर्ने ठूलो फर्म हो ।

आगलागीबाट १ करोड ५६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes