BREAKING NEWS

एमाले त्यागेका झा एमाआवादीमा प्रवेश

चैत्र २४ । पार्टीमा रहेका धेरै मधेशी नेतालाई पदको भागवण्डा मिलाउन नसकेर केन्द्रीय समिति विस्तार स्थगित गरेको एकीकृत माओवादीले आज नेकपा एमाले त्यागेका नेता रामचन्द्र झालाई पार्टीमा भित्र्याएको छ । काठमाडौको कोटेश्वरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा नेता झा माओवादीमा प्रवेश गरेका हुन् ।

झालाई एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईले पार्टी प्रवेश गराए । एमालेले समावेशीको मुद्धालाई छोडेका कारण आफू माओवादीमा प्रवेश गरेको झाको भनाई छ ।

झासंगै एमालेकी पूर्वसभासद लक्की शेर्पा लगायत अन्य पार्टीका आधा दर्जन नेता तथा कार्यकर्ता एकिकृत माअ‍ोवादीमा प्रवेश गरे । कार्यक्रममा बोल्दै एमाओवादी अध्यक्ष पुष्मकमल दाहालले आफ्नो पार्टीमा फेरि एकपटक प्रवेशको लहर आएको दावी गरे ।

उनले मधेशमा स्थापित थप केही नेताहरु एकीकृत माओवादीमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी समेत दिए

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes