दुई साताअघि भएको मलेसिया घटनामा पक्राउ परेका ९ नेपाली शुक्रबार रिहा भएका छन् । दुतावासका अनुसार पक्राउ गरेपछि उनीहरुलाई सेरिआलमस्थित अदालतमा उपस्थित गराइएको र घटनामा निर्दोष देखिएपछि शुक्रबार बिहान मुक्त गरिएको हो ।
'उनीहरुलाई बिना सर्त छाडिसकीएको छ,' दुतावास स्रोतले शुक्रबार टेलिफोनमा भन्यो, तर औपचारिक जानकारी पाइसकेका छैनौं ।' प्रहरीले मनोज सुनार, निलकण्ठ जैसी र दलबहादुर बयम्बु रगुन राई, अमनगुप्ता, राकेश राययादव, पवन साह, सन्तोष पौडेल र रमेश बहादुर भुजेललाई घटनामा संलग्नभएको आरोपमा अस्पतालमा सामान्य उपचार भएलगत्तै पक्राउ गरेको थियो ।
सोही घटनाका दुई गम्भीर घाइतेमध्ये राजु विश्वकर्मा अस्पतालबाट एकसाताअघि नै डिस्चार्ज भइसकेका छन् भने अर्का रामलाल साह अझै अस्पातालमै उपचाररत छन् । उनीहरुमध्ये साहको दुवै हातखुट्टा भाँचिएको र विश्वकर्माको एक हात र एक खुट्टा भाँचिएको थियो ।
दुतावासका अनुसार जाहोरबारुको तामान चिन्तानास्थित नेपालीको होस्टलमा भएको सो घटनामापक्राउ परेका अन्य नागरिकको बारेमा भने कुनै जानकारी प्राप्त भएको छैन । दुतावासले घटना भएको भोलीपल्टै ठोस अध्ययन गरि सत्यतथ्य सार्वजनिक गर्न तीन कर्मचारी सम्मिलित एक टोलीखटाएको थियो । टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनीएवं प्रहरी प्रशासन लगायतका विभिन्नपक्षसित घटनाबारे बुझेपछि दुतावासले गत साता शुक्रबार एक विज्ञप्ती जारी गरि कसैको मृत्यु नभएको एवं सबै नेपाली सुरक्षित रहेको पुष्टि गरेको थियो ।
हाल सो क्षेत्रमास्थिति सामान्य बन्दै गएपछि गत सोमबारदेखि नै सुरक्षा व्यवस्था पनि हटाइसकिएको त्यहाँ कार्यरत नेपाली सागर न्यौपानेले बताए
चैत्र 24