चैत्र २४ - बहुविवाहको अभियोगमा मुद्दा खेपिरहेका एक युवालाई जिल्ला अदालतले धरौटीमा छाड्ने गरी गरेको आदेश पुनरावेदन अदालत पाटनले बदर गरेको छ । जिल्ला अदालत काठमाडौंले २५ हजार धरौटीमा छाडेका ठेचोस्थित शान्ति पुनस्र्थापना केन्द्रका सुमन सापकोटा अब मुद्दाको टुंगो नलागुञ्जेल थुनामै बस्नुपर्ने भएको छ । सापकोटाले बहुविवाह गरेको ठहर गरी अदालतले पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको हो । हाल सुमन अमेरिका बस्दै आएका छन् ।

पुनस्र्थापना केन्द्रकी संस्थापक शान्ता सापकोटाका छोरा सुमनले जाहेरीवाली नीलम जोशी जेठी श्रीमती भएको स्वीकार गरेको, अर्की प्रतिवादी सुष्मा मल्लसंग विवाह नभएको तर नजिकको सम्बन्ध रहेको स्वीकार गरेको देखिन्छ,' पुनरावेदन अदालतले दिएको आदेशमा भनिएको छ, 'तर, सुष्माले सुमनसूग विवाह भएको र बच्चासमेत जन्मिएको बयान दिएकी छन् ।'
महिला अधिकारका क्षेत्रमा कार्यरत संस्थाका संस्थापकबाटै हिंसा भएको भन्दै सुमनकी श्रीमती नीलमले बहुविवाह र अंश मुद्दा जिल्ला अदालतमा दर्ता गरेकी थिइन् । जिल्ला अदालतले सापकोटाबाट २५ हजार धरौटी लिई तारेखमा राखी मुद्दाको छानबिन गरिरहेको थियो । 'जिल्ला अदालतबाट २०६६ पुस २४ मा भएको आदेश मिलेको नहुूदा बदर गरिदिएको छ,' पुनरावेदनले दिएको आदेशमा छ, 'निज प्रतिवादी सुमन सापकोटालाई पछि ठहरेबमोजिम हुनेगरी मुद्दाको पुर्पक्ष गर्नुहोला ।'