BREAKING NEWS

दुर्घटनामा चार जनाको ज्यान गयो !

गएराती रुकुमको आठबिसकोटबाट झुलाको गाराघाटका लागि छुटेको लु २ त ९९४७ नम्बरको टयाक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ । मग्गा १ को गोरेकाँडाको मोडमा टयाक्टर पल्टिदा मग्मा ९ का ९ का ५५ बर्षिया कविराम खनाल, ४० बर्षिया कासीराम खनाल, मग्मा १ का ३५ बर्षिया रातो खत्री र मग्मा २ का ४० बर्षिया सर्जन खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।

दुर्घटनामा तिनजना घाइते भएका छन । घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाईतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ । काम सकेर घर फर्कि रहेका स्थानियबासीहरु टयाक्टरमा चढेका सहकर्मी आदर्श केसीले जनाएका छन । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes