चैत २४- चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ३ .५६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले चालु आवका सात महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो।
विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक उत्तमनारायण मल्लले मुलुकको आर्थिक अवस्थामा सुधार आउन नसकेकाले आर्थिक वृद्धिदर बढन नसकेको बताए। 'चालु वर्ष पूर्ण बजेट आएन र सरकारले अहिलेसम्म पुँजीगत खर्च पनि बढाउन सकेको छैन,' उनले भने 'यही कारण देशको आर्थिक क्षेत्रले गति लिन नसकेको हो।'
विभागले गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४.४८ प्रतिशतमा रहने अनुमान गरेको छ। यस्तै आव २०६७-०६८ मा यो ३.८५ प्रतिशतमा रहेको अनुमान विभागले सार्वजनिक गरेको छ।
विभागका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन १.२६ प्रतिशतले र गैरकृषि क्षेत्रको ४.९८ प्रतिशतले बढने छ। कृषि तथा वन क्षेत्रमा अघिल्लो आर्थिक वर्ष २०६८/६९ को तुलनामा चालु वर्ष गार्हस्थ्य उत्पादनको वृद्धिदर १.२१ प्रतिशत हुने विभागको अनुमान छ।
धान र मकैको उत्पादन क्रमशः ११.१९ प्रतिशत र ८.२७ प्रतिशतले कमी आएकाले चालु आवमा गत वर्षको तुलनामा ४.२९ प्रतिशतले कृषि तथा वन क्षेत्रको वृद्धिदर घटेकोे हो। विभागले फलफूल, मासु तथा दूध तथा पशुजन्य उत्पादनमा क्रमशः २०.१२ प्रतिशत, १.१३ प्रतिशत र ५.६० प्रतिशतले बढेको जनाएको छ।
मत्स्यपालन क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा चालु आवमा ४.०४ प्रतिशतले वृद्धि हुने र खानी तथा उत्खनन् क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा वृद्धिदर ५.४५ प्रतिशत हुने जनाइएको छ।
विभागले उद्योग क्षेत्रमा चालु वर्षमा १.८५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ। यस्तै विद्युत्, ग्यास तथा पानी क्षेत्रको उत्पादनमा ०.२० प्रतिशतले वृद्धि हुने उल्लेख छ। चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादन १.५७ प्रतिशतले बढ्ने अनुमान विभागको छ।
थोक तथा खुद्रा व्यापार क्षेत्रमा चालु आर्थिक वर्षमा ९.५४ प्रतिशत र होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ६.८४ प्रतिशतले बढने अनुमान छ।
विभागका अनुसार यातायात सञ्चार तथा भण्डारणमा ६.७३ प्रतिशतले, वित्तीयमा ६.६५ प्रतिशतले, रियल स्टेट तथा व्यावसायिक सेवामा ३.३१ प्रतिशतले, शिक्षा क्षेत्रमा ४.११ प्रतिशतले, स्वास्थ्य क्षेत्रमा ६.९५ प्रतिशतले र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रमा ५.२० प्रतिशतले वृद्धि हुनेछ।
यसैगरी, प्रचलित मूल्यमा चालु आर्थिक वर्षमा कुल उपभोग १५ खर्ब ४२ अर्ब ३३ करोड बराबर हुने र चालु आर्थिक वर्षमा प्रचलित मूल्यमा कुल पुँजी निर्माण ६ खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँ हुने विभागले जनाएको छ।