BREAKING NEWS

एनआरएन नाइनजेरिया शाखामा चिरञ्जबी नेतृत्‍वमा कार्यसमिति गठन

काठमाडौं- गैरआवासीय नेपाली संघको नाइजेरिया शाखाका अध्यक्षमा चिरञ्जवी रोका चुनिएका छन्। लेगोसस्थित इबेसी बीचमा आइतबार भएको पाँचौं साधारणसभाले रोकाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति छानेका हो। उपाध्यक्ष निरन मानन्धर र बाबु शर्मा, महासचिव उद्धव प्रधान, सचिव दीपक कर्ण, कोषाध्यक्ष प्रेम क्षेत्री चुनिएका छन्। त्यसैगरी सदस्यमा जनक विष्ट, कान्छा तामाङ, इन्द्र टण्डन, रोहित भान्गर, प्रकास अर्याल, मोती तामाङ, अम्बिका प्रधान निर्वाचित भएका छन्।
महिला संयोजकमा मन थापा, युवा संयोजकमा सन्तोष उदासलाई जिम्मेवारी दिएको छ भने निर्वतमान अध्यक्ष रहेको सञ्जीव क्षेत्रीलाई सन् २०१३– १५ का लागि केन्द्रीय प्रतिनिधि तोकेको छ।

लेगोसस्थित भारतीय उच्चायुक्तको कार्यालयका संजीवकुमार सिंहले साधारणसभाको उद्‍घाटन गरेका थिए। साधारण सभाले हिम्मत थापा, संजीव क्षेत्री, विदुर घिमिरे, सुशीलकुमार भट्टराई, उमेश कट्टेललाई सल्लाहकारमा छानेको छ। त्यसैगरी नेपालमा सन् २०१३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि एनआरएनले सुरु गरेको अभियानमा साधारण सभाले ४ लाख ५५ जहार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes