BREAKING NEWS

आगोले सिध्यायो

वैशाख २४ - झण्डै दुई साता अघि देखी नै स्टोप घ्यार्र घ्यार्र गरिरहेकेा थियो । ५५ बषिर्या देबकला मगर चौधरी त्यहि बिगि्रएको स्टोपमा दम दिदै भात पकाउँथिन् । छेउमा उनका श्रीमान मोहन चौधरी उनले बोलेको र खाना पकाउँदा भाडाँ कुडाँबाट आउने आवाज सुनेर बस्थे । आइतबार बेलुका पनि त्यहि क्रम चलिरहेको थियो । देबकलाले तरकारी कटहर किनेर ल्याएकी रहिछन् । त्यहि कटहरको तरकारी पकाउन स्टोभमा दम दिदाँ पड्किएर उनको ज्यानै गयो ।

मोहन देबकलाकै छेउमा थिए । स्टोभ पड्किएको आवाजसंगै श्रीमती देवकला आथ्था पोल्यो भन्दै कराईन् । उनले के भो भनेर सोधे । देबकलाले 'आगो लाग्यो, भाग' भनिन् । दुबै आखाँ नदेख्ने मोहनका पनि आखाँ पोल्न थाले । उनी भित्ताको साहारमा छामछुम गर्दैै एक तला माथीबाट ओर्लिदै सडकमा आए ।

उनी सडकमा आइपुग्दा घरमा आगलागेको धुवाँ बाहिरसम्मै आएको थियो । छिमेकीहरु आगो लाग्यो भन्दै यता उता दौडिए । मोहनले श्रीमतीलाई खोजे । कतै भेटेनन् । एकैछिनमा कसैले भन्यो, 'श्रीमतीलाई अस्पताल लगेको छ' सोमबार दिउँसो आगलागी भएको घरनजिकैको मन्दिरमा साहायात कुर्दै बसेका मोहनले भने 'आज बिहान मात्र ऊ बितेको थाहा पाएँ ।'

देबकलासंग ८ बर्ष अघि बिबाह गरेपछि मेहनकी लाठी देबकला नै थिईन् । मन्दिर र आकाशे पुलमा भिख मागेर गुजारा चलाउने यि दम्पती ७ बर्ष देखी त्यो घरमा बस्दै आएका थिए । 'ऊ मलाई जमलको अकाशे पुल, संकटा र गणेश थान मन्दिर बिहान पुर्‍याएर साँझ ल्याउथिन्' उनले भने 'मेरो डोर्‍याउने मान्छे गै गो, कसले साहारा दिन्छ ?'

मोहन १८ बर्ष अघि मोरङमा आपै+m बरफ बनाउने र बेच्ने काम गर्थे । त्यहि क्रममा बरफको सिन्का उनको दाहिने आखाँमा परेपछि फुलो परेर उनी आखाँ नदेख्ने भए । उपचार गर्न शहर आएका उनी यतै अलपत्र परे । त्यसको केहि समयपछि देबे्र आखाँमा समेत पानी कम भएर नदेख्ने भए । नाता पर्ने एक मान्छे मार्फत बिबाह गरेका उनी एक दुईको साहारा थिए । 'ऊनी पनि श्रीमान बितेर बसेको रहेछ, म आखाँ नदेख्ने भएकाले ऊ बिहे गर्न तयार भईन' उनले सुनाए 'उनीसंगै मेरो सबैथोक गयो ।'

बनाउने भन्दा भन्दै आर्थिक अभाबले बनाउन नसकेको स्टोभले मोहनकी श्रीमती मात्र होइन, त्यो भन्दा माथिल्लो तलामा बस्ने दुई नाबालकले पनि ज्यान गुमाए । दोलखाका राजकुमार सिवाकोटी राजधानीको खुल्लामञ्चमा फुटपाथ पसल राखेर दुई/चार पैसा कमाउँथे । श्रीमती घरमा ५ र ३ बर्षका छोराहरु राजिब र संञ्जिबको स्याहार गर्थिन् । आफुले दुख पाएपनि छोराहरुलाई राम्ररी पाल्ने र पढाउने उनीहरुको सपना थियो । तर त्यो सपनालाई आइतबार साँझ लागेको आगाले पुरा हुन दिएन । घरमा सुतिरहेका दुबै बच्चा फर्किएर आउँदा त जलेर खरानी भए ।

सोमबार आगोले सखाप पारेको घरमा पुग्दा ति बालकको फुटबल मात्र चिनिने अवश्थामा थियो । अरु सबै खरानी । छोराहरु सुतेको मौकामा आमा तरकारी किन्न बाहिर निस्किएकी थिईन् । 'कोठामा दुई बालक मात्र भएकाले श्रीमतीले बाहिरबाट चुक्कुल हालेर गएकी रहिछन्' मृतकका बुवा राजकुमारले भने 'उनी फर्केर आउँदा त बाहिरसम्मै आगो लागेको रहेछ ।'

खुल्ला मञ्चमा चाउचाउ र बिस्कुट बेच्दै गरेका उनलाई बहिनीको फोन आयो । 'दाई घरमा आगो लागेछ, भाईहरु घर भित्रै छन्' उनी यो वाक्य सुनेपछि पसल छिमेकीलाई पसलेलाई जिम्मा लगाएर दौडदै आए । 'छोराहरु निकाल्न भित्र जाने ठाउँ नै थिएन, श्रीमती बेहोस थिईन्' उनले सुनाए 'म पनि बेहोस भएछु, ।' छोराहरुसंगै उनीहरुको बस्ने बास र भए नभएको सबैथोक सकियो । अहिले पुतलीसडकमा बहिनीको घरमा बास बसेका छन् । मृतककी आमा अझै होसमा आउन सकेकी छैनन् । उनीहरुले मृतक दुई छोराको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरे ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes