BREAKING NEWS

एमालेले राष्ट्रपतिलाई भन्यो- 'पुनर्विचार गर्नुस्'

काठमाडौं, वैशाख २३ - एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नामलाई पुनर्विचार गर्न माग गरेको छ ।

महासचिव ईश्वर पोखरेल नेतृत्वमा गएको एमाले टोलीले सोमबार राष्ट्रपति रामवरण यादवलाई भेट गरी लोकमानको विषयमा पुनर्विचार गर्न माग गरेको हो । आयोगमा कार्कीको नाम प्रस्तावित गरिएकोमा पोलिट्ब्यूरो बैठकमा ध्यानाकर्षण भएको जनाउँदै एमालेले निष्कर्ष उल्लेख गरेको छ, 'अख्तियारजस्तो महत्त्वपूर्ण र संवेदशनील संस्थामा विवादास्पद छवि भएका व्यक्तिको नियुक्ति उपयुक्त हुँदैन ।'

एमालेले संसद नभएको अवस्थामा संसदीय सुनुवाईसमेत नभएको अवस्थामा राष्ट्रपतिले जनभावनाको कदर गर्ने अपेक्षा गरेको छ । एमालेले कार्कीको विषयमा वैशाख ३ गते पनि असहमति जाहेर गरेको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा संवैधानिक परिषद्ले आइतबार कार्कीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes