BREAKING NEWS

बहराइनलाई १ सय ९६ रनले हराउँदै नेपाल सेमिफानलमा

वैशाख २३ - मलेसियामा जारी एसिसी यु-१९ एलिट कप क्रिकेटमा नेपालले बहराइनलाई विशाल अन्तरले हराएको छ । सोमबार बायुमास ओभलमा भएको खेलमा नेपालले बहराइनबिरुद्ध १ सय ९६ रनले हराउदै सेमिफानलमा प्रवेश गरेको छ ।

टस् जितेर ब्याटिङ रोजेको नेपालले बहराइनसामू निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५९ रनको लक्ष्य पेस गरेको थियो । नेपालका लागि कप्तान भुवन कार्कीले ३ छक्का र ८ चौकासहित ६३ बलमा ८३ रन बनाए । विभत्सु थापाले ४४ रन थपे ।

प्रारम्भिक ब्याट्सम्यान निश्चल पाण्डेले १६ र अमित श्रेष्ठले २२ रन जोडेर ठूलो योगफल बनाउन योगदान गरे । त्यसैगरि हरिशंकरले १०, निर्मल थापा र पवन श्रेष्ठले समान २५/२५ रन बनाएका थिए । नेपालका लागि अभिनाश कर्ण एक्लैले ८ विकेट लिन सफल भएका थिए ।

भुवन कार्कीले १ विकेट र राहुलप्रताप सिंहले १ विकेट लिए । बहराइनले २१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६३ रन जोडेको थियो ।

अभिनाशले गरे ह्याट्रिक

बहराइनविरुद्धको खेलमा अभिनाश कर्णले ह्याट्रिक गरेका छन् । तेस्रो ओभरमा अन्तिम तीन बलमा लगातार बहराइनका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काइदिए ।

यु-१९ खेलमा भएको यो पहिलो ह्याट्रिक हो । यसअघि गतबर्ष युएईमा भएको विश्व ट्वान्टी-२० छनौट प्रतियोगितामा डेनमार्कविरुद्ध भएको खेलमा नेपालका शक्ति गौचनले ह्याट्रिक गरेका थिए ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes