दुःखद् सुरुवातलाई सुखद् अन्त्य गर्दै नेपाल आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन भएको छ । बर्मुडामा भएको प्रतियोगिताको फाइनलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो ।
शिर्ष दुईमा रहनेबित्तिकै यसअघि नै नेपाल डिभिजन २ मा उक्लिइसकेको छ भने आगामी बर्ष हुने एक दिवसीय विश्वकप क्रिकेट छनौटमा स्थान पक्का गराइसकेको छ । बर्मूडाको हमिल्टन रंगशालामा भएको फाइनलमा नेपालका व्याट्सम्यान प्रदीप ऐरी र शरद् भेषवाकरले अर्धशतक प्रहार गरेपछि नेपालले उपाधि उचालेको हो ।
लिगको शिर्ष दुईमा रहने लक्ष्य बोकेर बर्मुडा पुगेको नेपाली टोलीले सुरुवाति दुई खेलमा हार व्यहोरेपनि पछिल्लो चार खेलमा लगातार जित दर्ता गरायो । टस जितेर व्याटिङ रोजेको यूगाण्डाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एकसय १५१ रन बनाएको थियो ।
बसन्त रेग्मी र राहुल विश्वकर्माले २-२ विकेट लिएपछि नेपाली टोलीलाई धेरै रनको लक्ष्य दिनबाट यूगाण्डा चुकेको थियो । युगाण्डाले ५ रन बनाएदेखि नै उसको नेपालका कप्तान पारस खड्काले विकट लिएर खेलाडी पवेलियन फर्काउन सुरु गरेका थिए ।
लक्ष्य पछ्याउादै व्याटिङ सुरु गरेका नेपालका प्रारम्भिक व्याट्सम्यान सुबास खकुरेल पनि ८ रनमै आउट भए । प्रदीप ऐरीसँगको साझेदारीमा ८ रन मात्रै हुादा उनी आउट भएपनि नेपाली टोली दबाबमा परेको थियो । खकुरेलको ठाउामा मैदान प्रवेश गरेका उप कप्तान ज्ञानेन्द्र मल्ल पनि १३ बल खेल्दै ५ रनमै आउट भए । कप्तान पारस खड्का ८ बल खेलेर १ रनमै आउट भयो । तर, नटआउट सरद् भेषवाकरले ऐरीसँग उत्कृष्ट साझेदारी गरेपछि नेपालको उद्दार भयो ।
म्यान अफ दी म्याच ऐरी २९ औं ओभरमा ६० रन बनाएर आउट भएका थिए ।

अब नेपालले न्युजिल्यान्डमा १० राष्ट्र सहभागी विश्वकप छनोट चरणमा सहभागिता जनाउने छ । त्यसको शीर्ष दुईमा पर्न सकेमा सन् २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपमा खेल्न पाउने छ भने शीर्ष चारमा रहेका आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा रहने मौका पाउने छ । अहिले च्याम्पियनसिपमा आयरल्यान्ड, नेदरल्यान्डस्, केन्या, स्कटल्यान्ड, अफगानिस्तान, क्यानडा, युनाइटेड अरब इमिरेट्स र नामिविया छन् । च्याम्पियनसिपमा रहेका मध्यबाट शीर्ष दुईले विश्वकपमा स्थान पक्का गर्ने छन् भने बाँकी रहेका टिम र डिभिजन-२ मा रहेका पपुवा न्युगिनी, नेपाल, हङकङ र युगान्डाबीच विश्वकप छनोट प्रतियोगिता हुने छ । बर्मुडामा नेपालले राम्रो मात्र खेलेन, उसलाई भाग्यले पनि साथ दियो । लिग चरणको अन्तिम खेलमा इटालीलाई फराकिलो अन्तरले हराउँदै आफू डिभिजन-३ मा बस्ने पक्का गरे पनि थप खुसीका लागि केही समय कुर्नु पर्यो । डिभिजन-४ मा झरिसकेको इटालीले पहिले ब्याटिङ गर्दै दिएको १ सय २८ रनको लक्ष्य नेपालले २ सय ११ बल बाँकी रहँदै पूरा गरेर आफ्नो रनरेट बलियो बनाउँदै शीर्ष दुईमा पुग्ने आशा जीवितै राखेको थियो । पहिलो खेलमा नेपालमाथि ९४ रनको जित हासिल गरेको अमेरिका अन्तिम खेलमा आयोजक बर्मुडासँग ५ विकेटले हार्न पुगेपछि नेपालको भाग्य खुलेको हो । अमेरिकासँगको जितले बर्मुडा पनि रेलिगेसनमा पर्नबाट जोगिँदै डिभिजन-३ मा कायम रहन सफल रह्यो । लिगको शीर्ष स्थानमा रहेको युगान्डामाथि ७ विकेटको रोमाञ्चक जित हासिल गरे पनि ओमान रेलिगेसनबाट जोगिन सकेन ।