BREAKING NEWS

नायिका सुमीनालाई यौन रोग !

सिनेमा ‘लभ फर एभर’ मा सुमिन घिमिरे हाई सेक्सुअल डिजाएर भएकी लेडीको रोलमा प्रस्तुत हुनेछिन् । निर्देशक शंकर आचार्यका अनुसार ‘लभ फर् एभर’ मा सुमिना निम्थो मानियाबाट सफर छिन् । निम्थो मानिया एक सिकिसको यौन रोग हो । उनले आफ्नो यौन प्यास मेट्न कस्तोसम्म हर्कत गर्छिन ? त्यसका लागी टिकेट नै काट्नुपर्ने निर्देशक आचार्य बताउँछन् । सेक्स ओरिएन्टेड कन्टेन्ड भएकै कारण ‘लभ फर् एभर’ लाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट प्रदान गरेको छ । सुमिनाको अपोजिटमा भने नायक गजित विस्ट देखिएका छन् । गजित भने सुमिना विपरीत यौन शक्ती कम भएको क्यारेक्टरमा प्रस्तुत छन् । सुमिना र गजितको साथमा सिनेमामा नायक निरज बराल एवम् ‘तितो सत्य’ का बाल कलाकार राज आचार्य पनि देखिनेछन् ।सिनेमाबारे जानकारी दिन आज निर्माण युनिटले सुन्धारस्थित काठमाडौ मलमा प्रेस समारोह गरेको थियो । कार्यक्रममा ‘लभ फर् एभर’ को फस्ट लुक पनि लञ्च गरियो । कार्यक्रममा सुमिना बाहेक नायकद्धोय गजित र निरज उपस्थित थिए । सुमीना गृह जिल्ला सुर्खेत गएकाले उनी कार्यक्रममा उपस्थित नभएको निर्देशक आचार्यले बताए । यसअघि पनि सुमिना ‘नाइन ओ क्लक’ नामक सिनेमा मार्फत दर्शकहरुमाझ वोल्ड क्यारेटरको रुपमा प्रस्तुत भैसकेकी छिन् । उनको यो दोस्रो वोल्डनेसलाई दर्शकको साथ कस्तो रहन्छ ? असार १४ सम्म कुर्नै पर्ला ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes