BREAKING NEWS

लक्ष्मी बैंकको नाफा २७ करोड ७९ लाख रुपैयाँ पुग्यो

बैशाख, लक्ष्मी बैंक लिमिटेडको नाफा २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो चैतमा २५ करोड नाफा गरेको थियो । पुसमा बैंकको नाफा १६ करोड २२ लाख रुपैयाँ थियो । बैंकको प्रति सेयर आम्दानी २१।८८ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १५।५४ गुणा छ । प्रति सेयर नेटवर्थ १५२।२२ रुपैयाँ छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले यसपाली १ करोड ८५ लाख रुपैयाँ राइट व्याक गरेको छ भने १२ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६० करोड ८९ लाख रुपैयाँ गरेको छ । बैंकको कुल निक्षेप २४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो चैतमा यो १९ अर्ब ६७ करोड रुपैयाँ थियो । कर्जा लगानी १९ अर्ब १५ करोड पुगेको छ । अघिल्लो चैतमा यो १६ अर्ब ५७ करोड रुपैयाँ थियो ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes