रौतहट, चैत १७ - रौतहटको रगपुर कोठियाही जगलबाट आज बिहान २ जना काठ तस्करलाई सालको गोलिया सहित पत्राउ गरेका छन्।सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुर र जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरको संयुक्त गस्ति टोलीले बिहान ५ बजेको समयमा पक्राउ गरेको छ।
प्रहरीले कोहियारको लामाह जगलबाट ६ वटा साइकलमा काचो सालको काठ ल्याउँदै गरेको अवस्था पक्राउ गरेको थियो । ४० क्युफिट ६ थान गोलिया काठ सहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिम्रभवानीपुरका रामकिशोर महरा, मिथुन चौधरी रहेका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोद भारतीले जानकारी दिएका छन् ।
उनीहरुलाई जिल्ला वन कार्यलय चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।