BREAKING NEWS

६० वर्षीय वृद्धले बुहारीलाई यौनशोषण

पानीट्याङकी (मोरङ), चैत १७- बुहारीलाई यौनशोषण गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। मोरङको डाँगीहाट लक्ष्मीमार्गका ६० वर्षीय वृद्ध मेघराज कोइराला आफ्नै जेठा छोराकी पत्‍नीमाथि पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।


बुहारीले इलाका प्रहरी कार्यालय बेलवारीमा मादकपदार्थ सेवन गरी धाकधम्की दिँदै यौनशोषण गर्ने गरेको किटानी जाहेरी दिएपछि ससुरा मेघराजलाई पक्राउ गरिएको हो। ससुरा कोइरालालाई पक्राउ गरी अनुसन्धानका लागि शुक्रबारै म्याद थप गरिएको प्रहरी निरीक्षक अच्युत चपागाईंले बताए।
श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएका बेला ससुरा मेघराजले मादकपदार्थ सेवन गरी आउने र यौनशोषण गर्ने गरेका थिए। ससुराको यौनशोषणले गर्दा आजित भइ बुहारीले एक वर्ष पहिले विष सेवन गरी आत्महत्याको प्रयाससमेत गरेको छिमेकीले प्रहरीलाई बताएका छन्।
विदेशमा रहेका श्रीमान् बुधबार घर फर्कंदा श्रीमतीलाई नभेटेपछि सोधखोज गर्ने क्रममा उनी माइती गएको र ससुराले घरबाट निकालेर पठाएको खुलेको थियो। ससुरा कोइरालाले चाहिँ अर्कै केटासँग सल्केकाले बुहारीले आफूहरुमाथि झुटो आरोप लगाएको बताएका छन्।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes