सर्लाही, चैत १७- सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगमा भिषण आगलागी भएको छ। बिहान करिब दस बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा ल्याउन सकिएको छैन। नियन्त्रणका लागि स्थानीय, प्रहरी र तीन वटा दमकलको प्रयास जारी छ।
उद्योगसँगै वस्ती रहेकाले आगो फैलिनसक्ने भन्दै थप दमकल गौर र जनकपुरबाट मगाइएको प्रहरीले जनाएको छ। उद्योगमा एक्कासी आगो सल्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
