चैत १९ -धनुषा जिल्ला विकास समितिको कार्यालयमा बम विष्फोट भएको छ। कार्यालय भवन भित्र प्रवेश गर्ने गेटमै झोलामा राखिएको बम दिउँसो १:३५ बजे विष्फोट भएको हो। विष्फोटबाट जिविस कार्यालय र सँगै टाँसिएरै रहेको जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु भयभित भए भने सेवाग्राही भागाभाग गरेका थिए।
दुई सय मिटर वरिपरिमा रहेको नेपाली सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालयको बीचमै पर्ने जिविस कार्यालय भित्रै पुगेर बम राखिएपछि कार्यालयका कर्मचारीहरु बढी त्रसित भएका हुन्।
यता, जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बम विष्फोट भएको स्थानमा थप बम हुन सक्ने सम्भावनालाई ध्यानमा राखी उक्त क्षेत्रलाई घेराबन्दी गरेको बताए। कर्मचारीहरुलाई पछाडिको गेटबाट बाहिर निकालेर प्रहरी घेराभित्र राखिएको उक्त क्षेत्रमा पिठ्यूमा बोक्ने झोला राखिएकोले उक्त झोला भित्र बम हुन सक्ने प्रहरी अनुमान छ। उप्रेतीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिसकेको बताए।
दुई सय मिटर वरिपरिमा रहेको नेपाली सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालयको बीचमै पर्ने जिविस कार्यालय भित्रै पुगेर बम राखिएपछि कार्यालयका कर्मचारीहरु बढी त्रसित भएका हुन्।
