१९ चैत, काठमाण्डौं । ब्राजीलको राजधानी रियो दी जेनेरीयामा विदेशी महिलाको मिनिबसमा बलात्कार भएको छ । भ्रमणमा आएका विदेशी जोडी कोपाकबाना इलाकामा मिनिबसमा यात्रारत थिए । उनीहरुको राष्ट्रियता गोप्य राखिएको छ ।
प्रहरीका अनुसार अज्ञात समूहले बसमा रहेका अन्यलाई ओरालेर विदेशी जोडीलाई लिएर बसलाई रियो दी जेनेरियाभन्दा बाहिर लगेका थिए । त्यसपछि उनीहरुले विदेशी महिलालाई बलात्कार गरेका थिए । त्यसक्रममा विदेशी महिला र पुरुषलाई कुटपिट गर्नुका साथै उनीहरुको हात बाधिएको थियो । उक्त समूहले उनीहरुको साथमा रहेको क्रेडिट कार्डबाट समान किने र एटीएमबाट रकम निकाल्न बाध्य पारेको थियो । पछि विदेशी जोडीलाई छाडेर उनीहरु भगेका छन् ।
उनीहरुमध्ये घटनामा संलग्न बस ड्राईभरसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अर्का एकको खोजी भइरहेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

उनीहरुमध्ये घटनामा संलग्न बस ड्राईभरसहित २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अर्का एकको खोजी भइरहेको अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।