BREAKING NEWS

फाल्न पर्ने हुन्छ

एक जना बिरामी आफ्नो दाँत दुखेर medical गएछ । अनि त्यहाँ तपाइको दाँत फाल्न पर्ने हुन्छ त्यसैले Dentist को मा जानुस् भनेछ ।

बिरामी Dentist को मा गएछ र Dentist ले मुख आँ…….आँ गर्न लगाएर सनासोले दांत तान्दा उछुट्टीएर घाँटीमा अट्केछ । फेरी Dentist ले अब तपाई घाँटी विशेषज्ञ कहाँ जानुहोस् भनेर पठाएछ ।

उक्त बिरामी अट्केको दाँत लिएर घाँटी विशेषज्ञ कहाँ गयो र त्यहाँ जचाउदा सम्म दांत झरेर पेट मा पुगिसकेछ । उसले पनि फेरी पेट विशेषज्ञ कहाँ पठायो तर ऊ त्यहाँ पुग्दा सम्म त दात आन्द्रा मा पुगिसकेछ ।

त्यसैले फेरी ऊ आन्द्रा विशेषज्ञ कहाँ पुग्यो तर त्यो दात त झरेर गुद्वार सम्म पुगिसकेको रहेछ ।

यो देखेर आन्द्रा विशेषज्ञले भनेछ ओहो!! तपाइको त गुद्वारमा दाँत पलाएको रहेछ, छिटो नै Dentist कहाँ गएर दाँत फालिहाल्नु होस् !!!!!!!!!!!!!!!!!!!!!!

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes