BREAKING NEWS

अफगानिस्तान र पाकिस्तान सीमामा झडप

काबुल - अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा सीमा सुरक्षा बलबीच झडप भएको स्थानीय टेलिभिजन च्यानलले जनाएको छ।अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा सो झडप भएको समाचारमा जनाइएको छ। नान्गार्हार प्रान्तको गोसाटा जिल्लामा केही समय अघिपनि सो भिडन्त भएकोमा आजपुनः दुवै देशका सीमा सुरक्षा बलबीच झडप भएको जनाइएको छ।


गत बुधबार सोही क्षेत्रमा यी दुई देशको सीमा सुरक्षा बलबीच भएको झडपमा परी एक अफगानी सीमा प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएको अफगान अधिकारीहरुले जनाएका छन्।

सो झडपको कारणका बारेमा भने केही थाहा हुन सकेको छैन। यस विषयमा दुवै देशका सुरक्षा अधिकारीहरुले अनुसन्धान थालेको जनाइएको छ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes