गजुरी (धादिङ) - धादिङ जिल्लाभित्र पर्ने त्रिभुवन राजपथ र पृथ्वीराजमार्गमा सडक अतिक्रमण गरी १५ मिटरभित्र निर्माण गरिएका संरचना सडक विभागले दोस्रो पटक भत्काउन सुरु गरेको छ। राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गाको पिपलामोडबाट सुरु भएको यो अभियान त्रिभुवन राजपथको खानीखोला नौबिसे हुँदै पृथ्वीराजमार्गको मौवाखोला र चितवनको मुग्लिङसम्म जारी राखिने भएको छ।
यसअघि गत फागुनमा पहिलोपटक अतिक्रण गरी बनाइएका घर टहरा भत्काइएको थियो। तत्कालीन अवस्थामा चेतावनी स्वरुप थोरै भत्काएर छाडिएको थियो।
तत्काल आफ्नो आफैँले खाली गरी सामान सुरक्षित गर्न केेही समय दिइएकाले अटेरी गरी बसेका र पूर्णरुपमा नभत्काई खाली छाडिएका संरचनामा डोजर लगाउने काम गरिएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षमा सडक विभागले पटकपटक सडक सीमाबाट १५ मिटरभित्र परेका घर टहरा तथा अन्य संरचना भत्काउन सम्बन्धित पक्षलाई निर्देशन दिँदै आएको भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।
विगतमा आफ्ना घरटहरा भत्काउन अटेर गर्नेमध्ये कतिपयले आफैँले सडकले तोकेको सीमाभित्रको घर टहरा भत्काएका थिए। फागुनमा चलाइएको अभियानमा नागढुङ्गादेखि मुग्लिङसम्म एक ५०० भन्दा बढी घर भत्काइएको थियो।
सामान सुरक्षित गर्न मौका दिइएकाहरुमध्ये पनि आफैँले नभत्काएका बैरेनीसम्मका १०७ वटा घर टहरा यो पटक भत्काइएको सडक विभागका कर्मचारी कुमार थपलियाले बताए ।
सडक कार्यालयले फागुन २ गते सार्वजनिक सूचना जारी गर्दै राजमार्गको दायाँबायाँ १५ मिटरभित्र रहेका सम्पूर्ण संरचना भत्काउन निर्देशन दिएको थियो।
सडक विभागको सूचनालाई आधार मानेर केही व्यक्तिले आफ्नो घर टहरा भत्काएपनि तोकिएको समयभित्र पनि अटेर गरिएका केही घर टहरा भने डोजर लगाएर भत्काउन थालिएको हो।
सडकको सीमा विस्तार अभियानअन्तर्गत धादिङ जिल्लाभित्र पर्ने त्रिभुवनराजपथको नागढुङ्गा नौबिसे र पृथ्वीराजमार्गको नौबिसे मौवाखोला खण्डभित्रका सडक विभागले तोकेको मापदण्डभित्र परेका सबै घरटहरा हटाएरै छाड्ने अडान सडक विभागले लिएको इञ्जिनियर श्रेष्ठको भनाइ छ।
व्यापार र बसोवासको नाममा सडक सीमा अतिक्रमण गरेर बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा सवारी आवागमनमा समस्या हुनुका साथै अन्य समस्या बढ्दै गएको भन्दै सडक विभागले विगतका वर्षमा पनि केही घर टहरा भत्काउने गरेको थियो।
विगतका वर्षमा जे भएपनि यसपटक भने सडक सीमा खाली गरेरै छाड्ने सडक विभागका अधिकारीहरुको भनाइ छ। सडक विभाग र स्थानीय प्रशासनले सुरु गरेको सडक सीमा खाली गराउने अभियानअन्तर्गत धादिङको खानीखोला, नौबिसे, धार्के, जुँगेखोला, महादेवबेसी, सिम्ले, मछेडीखोला, गल्छी, बैरेनीबजार, महेशदोभान, बेल्खु, आदमघाट, घाटबेसी, गजुरी, फुर्केखोला, मलेखु, बेनीघाट, चरौंदीदेखि मुग्लिङसम्मका बजार क्षेत्रमा बनाइएका स्थायी तथा अस्थायी संरचना भत्काइने सडक विभागले जनाएको छ। रासस