BREAKING NEWS

युवकको हत्या

सिरहाको पश्चिम दक्षिणवर्ती मझौलिया –७ का १८ वर्षीय युवकको हत्या भएको छ। हत्या भएका अनिल पासवानको शव सिक्रौन –७ स्थित वताहा खोलाबाट प्रहरीले बरामद गरेको हो। दुई दिनसम्म घटना गुपचुप राखेर जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी मनोज न्यौपानेले बुधबार भने, ‘हत्या भएकै हो अनुसन्धान सकिएपछि घटना सार्वजनिक गर्छु।’
अहिलेसम्म अभियुक्त पक्राउ पर्न सकेको छैन।



जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश तामाङले भने,‘ सोमबार विहान प्रहरीले बताहा खोलामा हत्या गरी फालिएको पासवानको शव बरामद गरेको हो। उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको घटना मुचुल्काबाट देखिन्छ।' आइतबार राति नै नियन्त्रणमा लिएर ढाडमा भाला घोपेर हत्या गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टले देखाएको उनले भने।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Share this:

 
Copyright © 2014 .pra565. Designed by OddThemes